Stage 1 — Acquire: Foundations / पहिलाे चरण — प्राप्ति: आधारभूत कुराहरू
Section outline
-
The Acquire stage builds the foundation every teacher needs: basic digital competence, an honest understanding of AI, the human-centred and ethical mindset that governs all later use, and a first cycle of AI-assisted teaching with reflective practice. It is open to all teachers and assumes no prior AI background.
प्राप्ति चरणले प्रत्येक शिक्षकलाई आवश्यक पर्ने आधार तयार गर्छ: आधारभूत डिजिटल दक्षता, एआईबारे यथार्थ र इमानदार बुझाइ, पछिल्ला सबै प्रयोगलाई मार्गदर्शन गर्ने मानव-केन्द्रित र नैतिक सोच, तथा प्रतिबिम्बात्मक अभ्याससहित एआई-सहायतायुक्त शिक्षणको पहिलो चक्र। यो चरण सबै शिक्षकका लागि खुला छ र यसका लागि एआईसम्बन्धी पूर्वज्ञान आवश्यक पर्दैन।
-
-
Module Overview
Competency Level: Stage 1 — Acquire
Strand / UNESCO Block: Digital Competencies (D) · UNESCO ICT CFT — Knowledge Acquisition
Prerequisites: None. This is the entry module for all teachers.
Indicative Hours: 12 hours (8 contact + 4 supported practice)
Nepali teachers begin from very different digital starting points and often share devices or work with intermittent connectivity. This module sets the baseline digital competencies — device, file, connectivity, safety and basic productivity skills — that every later AI module assumes. It is anchored in the UNESCO ICT Competency Framework for Teachers and made deliverable in low-resource settings.
- Operate a teaching device and manage files, folders and basic settings with confidence.
- Connect to and troubleshoot the connectivity options common in Nepali schools, and work productively offline.
- Use core productivity tools such as word processing, slides and a simple spreadsheet to prepare a classroom resource.
- Apply basic password, account and personal-data hygiene for themselves and their students.
- Navigate the Sikai Chautari / Moodle learning platform and locate official CDC curriculum materials, textbooks and teacher guides.
- Devices, operating systems, files and folders; the difference between online and offline working.
- Connectivity in Nepal: Wi-Fi, mobile data, data-saving habits and working without the internet.
- Productivity basics: documents, slides and a simple spreadsheet; saving and sharing safely.
- Accounts, passwords and basic digital safety and privacy.
- The school’s own digital environment — any messaging, record or learning-management system already in use.
- Distinguishing digital literacy, digital skill, digital fluency and digital competency.
- Introduction to Moodle and the national Sikai Chautari platform; finding CDC e-library resources.
मोड्युल परिचय
दक्षता तह: चरण १ — प्राप्ति / आधारभूत सीप विकास
स्ट्र्यान्ड / युनेस्को ब्लक: डिजिटल दक्षता (D) · UNESCO ICT CFT — ज्ञान प्राप्ति
पूर्वआवश्यकता: छैन। यो सबै शिक्षकहरूका लागि प्रवेश मोड्युल हो।
अनुमानित समय: १२ घण्टा (८ घण्टा सम्पर्क कक्षा + ४ घण्टा सहयोगसहित अभ्यास)
नेपाली शिक्षकहरूको डिजिटल सीपको सुरुवाती अवस्था फरक–फरक हुन्छ। धेरै शिक्षकहरूले उपकरण साझा गरेर प्रयोग गर्नुपर्ने अवस्था हुन्छ वा इन्टरनेट जडान नियमित नहुन सक्छ। यस मोड्युलले उपकरण सञ्चालन, फाइल व्यवस्थापन, इन्टरनेट जडान, डिजिटल सुरक्षा र आधारभूत उत्पादकता सीपहरूमा आवश्यक आधारभूत डिजिटल दक्षता विकास गर्दछ। यी सीपहरू पछिल्ला सबै एआईसम्बन्धी मोड्युलका लागि आधार मानिन्छन्। यो मोड्युल UNESCO ICT Competency Framework for Teachers मा आधारित छ र सीमित स्रोत भएका विद्यालय परिवेशमा पनि कार्यान्वयन गर्न मिल्ने गरी तयार गरिएको छ।
- शिक्षणका लागि प्रयोग हुने डिजिटल उपकरण आत्मविश्वासका साथ सञ्चालन गर्न र फाइल, फोल्डर तथा आधारभूत सेटिङ व्यवस्थापन गर्न सक्ने।
- नेपाली विद्यालयहरूमा प्रचलित इन्टरनेट जडानका विकल्पहरू प्रयोग गर्न, सामान्य समस्या समाधान गर्न र अफलाइन अवस्थामा पनि उत्पादनशील रूपमा काम गर्न सक्ने।
- वर्ड प्रोसेसिङ, प्रस्तुति स्लाइड र सरल स्प्रेडसिट जस्ता आधारभूत उत्पादकता उपकरण प्रयोग गरी कक्षाकोठाका लागि स्रोत सामग्री तयार गर्न सक्ने।
- आफ्नो र विद्यार्थीहरूको खाता, पासवर्ड र व्यक्तिगत तथ्याङ्क सुरक्षासम्बन्धी आधारभूत व्यवहार अपनाउन सक्ने।
- सिकाइ चौतारी / Moodle सिकाइ प्लेटफर्म प्रयोग गर्न र CDC का आधिकारिक पाठ्यक्रम सामग्री, पाठ्यपुस्तक तथा शिक्षक निर्देशिका खोज्न सक्ने।
- डिजिटल उपकरण, अपरेटिङ सिस्टम, फाइल र फोल्डर; अनलाइन र अफलाइन काम गर्ने तरिकाबीचको भिन्नता।
- नेपालमा इन्टरनेट जडान: Wi-Fi, मोबाइल डाटा, डाटा बचत गर्ने अभ्यास र इन्टरनेट नभएको अवस्थामा काम गर्ने तरिका।
- उत्पादकता सीपको आधार: कागजात, प्रस्तुति स्लाइड र सरल स्प्रेडसिट; सुरक्षित रूपमा सेभ र शेयर गर्ने अभ्यास।
- खाता, पासवर्ड तथा आधारभूत डिजिटल सुरक्षा र गोपनीयता।
- विद्यालयमा प्रयोग भइरहेको आफ्नै डिजिटल वातावरण — सन्देश प्रणाली, अभिलेख प्रणाली वा सिकाइ व्यवस्थापन प्रणाली।
- डिजिटल साक्षरता, डिजिटल सीप, डिजिटल प्रवाहशीलता र डिजिटल दक्षताबीचको भिन्नता।
- Moodle र राष्ट्रिय सिकाइ चौतारी प्लेटफर्मको परिचय; CDC ई–लाइब्रेरी स्रोतहरू खोज्ने अभ्यास।
-
🎓 Welcome to Module 1.1 / मोड्युल १.१ मा स्वागत छ
🎓Welcome to Module 1.1 — Digital Foundations for Teaching
This opening item introduces the first module of Stage 1 Acquire. The module builds the dependable digital habits teachers need before running Moodle, Day of AI, CRAFT or any AI-supported lesson.
Key points
- You will practise device use, file organisation, connectivity, productivity tools, account safety, safeguarding, Moodle navigation and OER use.
- You will complete a Classroom Digital Readiness Check and produce practical evidence for your Stage 1 portfolio.
- The module is bilingual, shared-device friendly and suitable for blended delivery.
Try it: Check your device, notebook and Moodle login before continuing.Learning habit: Work slowly, check your understanding, and keep one short note for your Stage 1 portfolio.🎓मोड्युल १.१ मा स्वागत छ — शिक्षणका लागि डिजिटल आधार
यो Stage 1 Acquire को पहिलो मोड्युल हो। यसले Moodle, Day of AI, CRAFT वा AI-सहयोगी पाठ चलाउनुअघि चाहिने भरोसायोग्य डिजिटल बानी विकास गर्छ।
मुख्य बुँदा
- उपकरण प्रयोग, फाइल व्यवस्थापन, इन्टरनेट, उत्पादकता उपकरण, खाता सुरक्षा, बाल सुरक्षा, Moodle navigation र OER प्रयोग अभ्यास गर्नुहुनेछ।
- Classroom Digital Readiness Check पूरा गरी Stage 1 portfolio का लागि प्रमाण तयार गर्नुहुनेछ।
- मोड्युल द्विभाषिक, साझा-उपकरणमैत्री र blended delivery का लागि उपयुक्त छ।
अभ्यास गर्नुहोस्: अगाडि बढ्नुअघि device, notebook र Moodle login जाँच गर्नुहोस्।सिकाइ बानी: विस्तारै काम गर्नुहोस्, आफ्नो बुझाइ जाँच गर्नुहोस् र Stage 1 portfolio का लागि छोटो नोट राख्नुहोस्। -
-
Students mustViewComplete the activity
-
-
Students mustViewMake a submissionReceive a grade
-
💻 Section 1 — Devices, files and folders (उपकरण, फाइल र फोल्डरहरू)
-
-
Students mustReceive a grade
-
-
Students mustViewMake a submissionReceive a grade
-
📶 Section 2 — Connectivity and working offline (इन्टरनेट जडान र अफलाइन काम)
-
-
Students mustViewMake forum posts: 1
-
Students mustViewMake a submissionReceive a grade
-
🧰 Section 3 — Everyday productivity tools (दैनिक उत्पादकता उपकरणहरू)
-
-
-
-
Students mustViewMake a submissionReceive a grade
-
🔐 Section 4 — Accounts, passwords, safety and privacy (खाता, password, सुरक्षा र गोपनीयता)
-
-
Students mustViewMake a submissionReceive a grade
-
🛡️ Section 5 — Child safeguarding and digital wellbeing (बाल सुरक्षा र डिजिटल wellbeing)
-
-
🧭 Section 6 — Navigating Sikai Chautari/ सिकाइ चौतारी चलाउन सिक्ने
-
Students mustReceive a grade
-
Students mustViewMake a submissionReceive a grade
-
📚 Section 7 — CDC and open educational resources (पाठ्यक्रम विकास केन्द्र र खुला शैक्षिक स्रोतहरू)
-
-
Students mustReceive a grade
-
Students mustViewMake a submissionReceive a grade
-
✅ Section 8 — Readiness check, what's next and assessment (तयारी जाँच, अब के र मूल्याङ्कन)
-
Students mustViewDo all parts of this activityComplete the activityReceive a grade
-
Students mustViewMake a submissionReceive a grade
-
Students mustViewMake attempts: 1Receive a grade
-
Students mustViewMake forum posts: 1
-
-
-
Module Overview
Competency Level: Stage 1 — Acquire
Strand / UNESCO Block: AI Foundations & Applications (A3) — Basic AI Techniques · also seeds the student AI-literacy curriculum
Prerequisites: M1.1, or equivalent basic digital confidence.
Indicative Hours: 12 hours (8 contact + 4 practice)
Before teachers can use or teach about AI responsibly, they need an honest, jargon-free understanding of what AI is, how it learns from data, and where it fails. This module builds that conceptual base and doubles as the foundation of the student AI-literacy content the teacher will later deliver. The CRAFT seven competencies begin here.
- Explain in plain language what AI is and is not, and give local examples of each.
- Describe how AI systems learn from data and algorithms, and why the same input can give different outputs.
- Identify common limits and failure modes — bias, hallucination, and the need to verify outputs.
- Recognise the main categories of AI tools relevant to a Nepali classroom.
- What AI is and is not; everyday and classroom examples in the Nepali context.
- Data, algorithms and training in simple terms; pattern-finding and prediction.
- Generative AI and why outputs vary; the idea of a model as a confident guesser, not a source of truth.
- Limits and risks: bias, hallucination, and why outputs must be checked.
- A first map of AI tool categories teachers may meet.
- Generative AI, large language models and chatbots explained simply; how an AI chatbot differs from a Google search.
- AI as assistant, not authority — the central place of teacher judgement and human oversight.
मोड्युल परिचय
दक्षता तह: चरण १ — प्राप्ति / आधारभूत बुझाइ विकास
स्ट्र्यान्ड / युनेस्को ब्लक: एआईका आधारभूत कुरा र प्रयोगहरू (A3) — आधारभूत एआई प्रविधि · विद्यार्थी एआई साक्षरता पाठ्यक्रमको आधार पनि यहीँबाट सुरु हुन्छ
पूर्वआवश्यकता: M1.1, वा सो बराबरको आधारभूत डिजिटल आत्मविश्वास।
अनुमानित समय: १२ घण्टा (८ घण्टा सम्पर्क कक्षा + ४ घण्टा अभ्यास)
शिक्षकहरूले एआईलाई जिम्मेवार ढङ्गले प्रयोग गर्न वा एआईबारे विद्यार्थीलाई सिकाउनुअघि एआई के हो, के होइन, यसले तथ्याङ्कबाट कसरी सिक्छ, र कहाँ असफल हुन सक्छ भन्ने कुरा स्पष्ट, इमानदार र जटिल शब्दावलीबिनाको भाषामा बुझ्न आवश्यक हुन्छ। यस मोड्युलले त्यही आधारभूत वैचारिक बुझाइ निर्माण गर्छ। साथै, शिक्षकले पछि विद्यार्थीलाई सिकाउने एआई साक्षरता सामग्रीको आधार पनि यही मोड्युल हो। CRAFT का सातवटा दक्षताहरूको सुरुवात यहीँबाट हुन्छ।
- एआई के हो र के होइन भन्ने कुरा सरल भाषामा व्याख्या गर्न र प्रत्येकका स्थानीय उदाहरण दिन सक्ने।
- एआई प्रणालीले तथ्याङ्क र एल्गोरिदमबाट कसरी सिक्छ भन्ने कुरा वर्णन गर्न र एउटै इनपुटबाट फरक–फरक आउटपुट किन आउन सक्छ भन्ने बुझाउन सक्ने।
- एआईका सामान्य सीमा र असफलताका अवस्था — पक्षपात, भ्रमपूर्ण उत्तर र आउटपुट जाँच गर्ने आवश्यकता — पहिचान गर्न सक्ने।
- नेपाली कक्षाकोठामा सान्दर्भिक हुने प्रमुख एआई उपकरणका प्रकारहरू चिन्न सक्ने।
- एआई के हो र के होइन; नेपाली सन्दर्भका दैनिक जीवन र कक्षाकोठासम्बन्धी उदाहरणहरू।
- तथ्याङ्क, एल्गोरिदम र प्रशिक्षणलाई सरल भाषामा बुझ्ने; ढाँचा पहिचान र अनुमान गर्ने प्रक्रिया।
- जेनेरेटिभ एआई र यसको आउटपुट किन फरक हुन सक्छ; मोडेललाई सत्यको स्रोत नभई आत्मविश्वासपूर्वक अनुमान गर्ने प्रणालीका रूपमा बुझ्ने।
- सीमा र जोखिमहरू: पक्षपात, भ्रमपूर्ण उत्तर र आउटपुट जाँच गर्नुपर्ने आवश्यकता।
- शिक्षकहरूले भेट्न सक्ने एआई उपकरणका प्रकारहरूको प्रारम्भिक नक्साङ्कन।
- जेनेरेटिभ एआई, ठूलो भाषा मोडेल र च्याटबोटको सरल व्याख्या; एआई च्याटबोट Google खोजीभन्दा कसरी फरक हुन्छ।
- एआई सहायक हो, अधिकारिक निर्णयकर्ता होइन — शिक्षकको विवेक, निर्णय क्षमता र मानवीय निगरानीको केन्द्रीय भूमिका।
-
🤖 Welcome to Module 1.2 Section 0
Understanding AI: Concepts, Data and Limits builds an honest, jargon-free understanding of what AI is, how it learns from data, and where it fails.
⏱️ Time: 12 hours (8 contact + 4 practice)🎓 Stage: Acquire - AI Foundations & Applications- Explain what AI is and is not.
- Describe data → pattern → prediction.
- Recognise bias, hallucination and verification needs.
- Use the rule: AI helps, a person decides.
🤖 मोड्युल १.२, खण्ड सून्यमा स्वागत छ
Understanding AI: Concepts, Data and Limits ले एआई के हो, यसले डेटाबाट कसरी सिक्छ र कहाँ असफल हुन्छ भन्ने कुरा सरल र इमानदार भाषामा बुझाउँछ।
⏱️ समय: १२ घण्टा (८ सम्पर्क + ४ अभ्यास)🎓 चरण: Acquire - AI Foundations & Applications- एआई के हो र के होइन व्याख्या गर्ने।
- data → pattern → prediction वर्णन गर्ने।
- bias, hallucination र verification आवश्यकताहरू चिन्न सक्ने।
- नियम प्रयोग गर्ने: एआईले सहयोग गर्छ, व्यक्ति निर्णय गर्छ।
-
-
Students mustViewSubmit feedback
-
-
🤖 Section 1 — What AI is (and is not) (AI के हो र के होइन)
-
-
-
-
Students mustViewMake forum posts: 1
-
📊 Section 2 — How machines learn: data, patterns, prediction (खण्ड २ — मेसिनले कसरी सिक्छ: डेटा, ढाँचा, अनुमान)
-
Students mustView
✏️ Demo: Quick, Draw! and its dataset
Use this URL resource to show a machine predicting from drawings.
Ask teachers: What examples has the machine probably seen before? Where might the dataset be narrow?
✏️ डेमो: Quick, Draw! र यसको डेटासेट
चित्रबाट मेसिनले अनुमान कसरी गर्छ देखाउन यो URL resource प्रयोग गर्नुहोस्।
शिक्षकहरूलाई सोध्नुहोस्: मेसिनले पहिले कस्ता उदाहरण देखेको हुन सक्छ? डेटासेट कहाँ साँघुरो हुन सक्छ?
-
Students mustReceive a grade
-
Students mustViewMake a submissionReceive a grade
-
💬 Section 3 — Generative AI, chatbots and search (जेनेरेटिभ एआई, च्याटबोट र सर्च)
-
Students mustReceive a grade
-
Students mustViewMake a submissionReceive a grade
-
-
⚠️ Section 4 — Where AI fails: bias and hallucination (खण्ड ४ — एआई कहाँ असफल हुन्छ: पूर्वाग्रह र मतिभ्रम)
-
Students mustReceive a grade
-
Students mustViewMake forum posts: 1
-
🧭 Section 5 — A map of AI tools for the classroom (खण्ड ५ — कक्षाकोठाका लागि एआई उपकरणहरूको मार्गचित्र)
-
Students mustReceive a grade
-
Students mustReceive a grade
-
🧑🏫 Section 6 — AI as assistant, not authority (AI सहायक हो, अधिकार होइन)
-
-
🧩 Section 7 — The ‘How a Machine Learns’ build and your explainer ('मेसिनले कसरी सिक्छ' निर्माण र तपाईंको व्याख्या सामग्री)
-
Students mustViewDo all parts of this activityComplete the activityReceive a grade
-
Students mustViewMake a submissionReceive a grade
-
✅ Section 8 — Review, what's next and assessment (समीक्षा, आगामी कदम र मूल्याङ्कन)
-
Students mustViewMake attempts: 1Receive a grade
-
Students mustViewMake forum posts: 1
-
🎓 Module complete — next steps & certificate path
🎉 You completed Module 1.2
This contributes to Stage 1 - Acquire certification. Next: Module 1.3 - Human-Centred Mindset and AI Ethics Essentials.
🎓 मोड्युल पूरा — अर्को चरण र certificate path
🎉 तपाईंले Module 1.2 पूरा गर्नुभयो
यसले Stage 1 - Acquire certification मा योगदान गर्छ। अर्को: Module 1.3 - Human-Centred Mindset and AI Ethics Essentials।
-
-
-
Collapse Expand
M1.3 Human-Centred Mindset and AI Ethics Essentials/मानव-केन्द्रित सोच र एआई नैतिकताका आधारभूत पक्षहरू
Module Overview
Competency Level: Stage 1 — Acquire
Strand / UNESCO Block: Human-centred Mindset (A1) — Human Agency · Ethics of AI (A2) — Ethical Principles
Prerequisites: M1.2 recommended; can run alongside it.
Indicative Hours: 12 hours (8 contact + 4 practice)
AI in education is human-led, and the teacher must stay accountable. This module builds the values and ethical foundation of the whole programme: human agency, the limits of AI, and the core ethical principles — privacy, fairness and do-no-harm — that govern every later use. It establishes the programme's defining rule that AI helps but never certifies or decides.
- Explain why AI is human-led and what human agency means when choosing and using AI tools.
- State the core ethical principles for classroom AI use and recognise them in real cases.
- Identify privacy, fairness and safety risks in a given AI use and propose simple mitigations.
- Articulate the rule that AI may inform a decision but a person remains accountable for it.
- Recognise bias, stereotypes and cultural or caste-based mismatch in AI outputs.
- Human agency and debunking AI hype; the central role of the teacher.
- Core ethical principles: do-no-harm, fairness and non-discrimination, privacy, transparency and human determination.
- The programme's anchor rule — AI helps read evidence but never certifies; a person decides, illustrated with the CRAFT water-safety example.
- Personal-data basics: what not to put into AI tools; protecting students.
- Bias and exclusion: how AI can disadvantage particular learners and communities.
- Bias across gender, caste, language, disability, geography and culture, and how it can exclude Nepali learners.
- Misinformation, fake content and deepfakes, including image and audio manipulation, and how teachers should respond.
मोड्युल परिचय
दक्षता तह: चरण १ — प्राप्ति / आधारभूत बुझाइ विकास
स्ट्र्यान्ड / युनेस्को ब्लक: मानव–केन्द्रित सोच (A1) — मानव भूमिका · एआईको नैतिकता (A2) — नैतिक सिद्धान्तहरू
पूर्वआवश्यकता: M1.2 सिफारिस गरिन्छ; यससँगै पनि सञ्चालन गर्न सकिन्छ।
अनुमानित समय: १२ घण्टा (८ घण्टा सम्पर्क कक्षा + ४ घण्टा अभ्यास)
शिक्षामा एआई मानव–नेतृत्वमा प्रयोग गरिनुपर्छ, र शिक्षक उत्तरदायी रहनुपर्छ। यस मोड्युलले सम्पूर्ण कार्यक्रमको मूल्यगत र नैतिक आधार निर्माण गर्छ: मानव भूमिका, एआईका सीमाहरू, र पछिल्ला सबै प्रयोगलाई मार्गदर्शन गर्ने मुख्य नैतिक सिद्धान्तहरू — गोपनीयता, निष्पक्षता र हानि नगर्ने अभ्यास। यसले कार्यक्रमको मुख्य नियम स्थापित गर्छ: एआईले सहयोग गर्छ, तर प्रमाणित वा निर्णय गर्दैन।
- एआई किन मानव–नेतृत्वमा हुनुपर्छ र एआई उपकरण छान्दा तथा प्रयोग गर्दा मानव भूमिका भनेको के हो भन्ने व्याख्या गर्न सक्ने।
- कक्षाकोठामा एआई प्रयोगका मुख्य नैतिक सिद्धान्तहरू बताउन र वास्तविक घटनामा तिनलाई पहिचान गर्न सक्ने।
- कुनै एआई प्रयोगमा गोपनीयता, निष्पक्षता र सुरक्षासम्बन्धी जोखिम पहिचान गरी सरल न्यूनीकरण उपाय प्रस्ताव गर्न सक्ने।
- एआईले निर्णयमा सूचना दिन सक्छ तर त्यस निर्णयका लागि व्यक्ति नै उत्तरदायी रहन्छ भन्ने नियम स्पष्ट रूपमा व्यक्त गर्न सक्ने।
- एआई आउटपुटमा देखिने पक्षपात, रूढ छवि, र सांस्कृतिक वा जातीय सन्दर्भ नमिल्ने अवस्था पहिचान गर्न सक्ने।
- मानव भूमिका र एआईबारे अत्यधिक प्रचारको खण्डन; शिक्षकको केन्द्रीय भूमिका।
- मुख्य नैतिक सिद्धान्तहरू: हानि नगर्ने, निष्पक्षता र भेदभाव नगर्ने, गोपनीयता, पारदर्शिता र मानवीय निर्णय।
- कार्यक्रमको आधारभूत नियम — एआईले प्रमाण पढ्न सहयोग गर्छ तर प्रमाणित गर्दैन; निर्णय व्यक्ति नै गर्छ, CRAFT को पानी–सुरक्षा उदाहरणसहित।
- व्यक्तिगत तथ्याङ्कको आधारभूत बुझाइ: एआई उपकरणमा के नराख्ने; विद्यार्थीहरूको संरक्षण।
- पक्षपात र बहिष्करण: एआईले विशेष विद्यार्थी र समुदायलाई कसरी प्रतिकूल असर पार्न सक्छ।
- लिङ्ग, जात, भाषा, अपाङ्गता, भूगोल र संस्कृतिका आधारमा हुने पक्षपात, र यसले नेपाली विद्यार्थीहरूलाई कसरी बहिष्करण गर्न सक्छ।
- गलत सूचना, नक्कली सामग्री र डीपफेक — तस्वीर र आवाजमा गरिने हेरफेर — तथा शिक्षकले कसरी प्रतिक्रिया दिनुपर्छ।
-
🎓 Welcome to Module 1.3 / मोड्युल १.३ मा स्वागत छ
🎓🤝🧭🛡️Module 1.3 — Human-Centred Mindset and AI Ethics Essentials
Welcome to Module 1.3 of the Nepal Teacher AI & Digital Competencies Development Programme. This module is the values and ethics foundation of Stage 1 — Acquire.
In earlier modules, you learned to make technology dependable and to understand AI more honestly. This module now focuses on how AI should be used in a principled, accountable and human-centred way. The central message is simple: AI may support teaching and learning, but human judgement must remain in charge.
Module focus: Human-centred mindset, human agency, ethical principles, privacy, fairness, bias, misinformation, accountability, and the development of a classroom Responsible-AI charter.What to expect
- Short bilingual readings in English and Nepali.
- Interactive H5P activities and self-checks.
- Discussion-based learning through forums and cohort activities.
- Practical tasks leading to a Responsible-AI charter and student AI-use agreement.
- A knowledge check and reflection for Stage 1 portfolio evidence.
Time commitment
This module has an indicative workload of 12 hours: 8 contact hours and 4 hours of supported practice.
Key idea to carry forward: AI helps, but it never certifies. A person decides.🎓🤝🧭🛡️मोड्युल १.३ — मानव-केन्द्रित सोच र एआई नैतिकताका आधारभूत कुरा
नेपाल शिक्षक एआई तथा डिजिटल दक्षता विकास कार्यक्रमको मोड्युल १.३ मा तपाईंलाई स्वागत छ। यो मोड्युल Stage 1 — Acquire को मूल्य, जिम्मेवारी र नैतिक आधार तयार गर्ने मोड्युल हो।
अघिल्ला मोड्युलहरूमा तपाईंले प्रविधिलाई भरपर्दो बनाउने र एआईलाई यथार्थ रूपमा बुझ्ने आधार तयार गर्नुभयो। अब यो मोड्युलले एआई कसरी सिद्धान्तमा आधारित, उत्तरदायी र मानव-केन्द्रित रूपमा प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिन्छ। मुख्य सन्देश सरल छ: एआईले शिक्षण र सिकाइमा सहयोग गर्न सक्छ, तर अन्तिम निर्णय मानव विवेककै हुनुपर्छ।
मोड्युलको मुख्य केन्द्र: मानव-केन्द्रित सोच, मानव एजेन्सी, नैतिक सिद्धान्त, गोपनीयता, निष्पक्षता, पूर्वाग्रह, गलत सूचना, उत्तरदायित्व र कक्षाकोठाको जिम्मेवार एआई घोषणापत्र निर्माण।यस मोड्युलमा के अपेक्षा गर्ने?
- अंग्रेजी र नेपाली दुवै भाषामा छोटा पठन सामग्री।
- H5P आधारित अन्तरक्रियात्मक गतिविधि र आत्म-जाँच।
- फोरम र समूह गतिविधिमार्फत छलफल-आधारित सिकाइ।
- जिम्मेवार एआई घोषणापत्र र विद्यार्थी एआई-प्रयोग सम्झौतासँग जोडिएका व्यावहारिक कार्यहरू।
- Stage 1 पोर्टफोलियोका लागि ज्ञान-जाँच र प्रतिबिम्बन।
लाग्ने समय
यो मोड्युलको अनुमानित समय १२ घण्टा हो: ८ सम्पर्क घण्टा र ४ घण्टा सहयोगीसहितको अभ्यास।
मुख्य विचार: एआईले सहयोग गर्छ, तर प्रमाणित गर्दैन। निर्णय मानिसले गर्छ। -
-
Students mustReceive a grade
-
-
Section 1 — AI is human-led (खण्ड १ — एआई मानव-नेतृत्वमा हुन्छ)
-
-
-
-
Students mustViewMake forum posts: 1
-
Section 2 — The core ethical principles (खण्ड २ — मुख्य नैतिक सिद्धान्तहरू)
-
-
Students mustReceive a grade
-
-
-
Section 3 — The anchor rule: a person decides (खण्ड ३ — आधार नियम: निर्णय मानिसले गर्छ)
-
-
-
-
Section 4 — Privacy & the personal-data red line (खण्ड ४ — गोपनीयता र व्यक्तिगत डेटाको अतिक्रमण गर्न नहुने सीमा)
-
-
-
-
Section 5 — Bias & exclusion (खण्ड ५ — पूर्वाग्रह र बहिष्करण)
-
-
-
-
Section 6 — Misinformation, fakes & deepfakes (खण्ड ६ — गलत सूचना, नक्कली सामग्री र डीपफेकहरू)
-
-
-
-
-
Section 7 — Your Responsible-AI charter & the dilemma routine (खण्ड ७ — तपाईंको जिम्मेवार एआई घोषणापत्र र दुविधा समाधान प्रक्रिया)
-
-
Students mustViewDo all parts of this activityComplete the activityReceive a grade
-
Students mustViewMake a submissionReceive a grade
-
Section 8 — The student AI-use agreement, review & assessment (खण्ड ८ — विद्यार्थी एआई-प्रयोग सम्झौता, समीक्षा र मूल्याङ्कन)
-
-
-
Students mustViewMake a submissionReceive a grade
-
Students mustViewMake attempts: 1Receive a grade
-
-
🎉🏅 Module complete / मोड्युल पूरा भयो
🎉🏅Moodle type: Page / Label | Purpose: Closure and pointer to Module 1.4Module complete — next steps and certificate path
Congratulations. You have completed Module 1.3: Human-Centred Mindset and AI Ethics Essentials. You have moved from understanding AI to using it with principles, accountability, and care.
Before moving on, make sure you have completed:
- The H5P checks and reflection tasks.
- The AI Ethics Debate participation.
- The Ethical Dilemmas SCORM routine.
- Practical Task 1: classroom Responsible-AI charter.
- Practical Task 2: student AI-use agreement.
- The Module 1.3 knowledge check.
- The post confidence self-assessment and reflection.
Certificate path: Completion contributes toward the Stage 1 — Acquire certificate. Your signed Responsible-AI charter is core portfolio evidence.Next module: Continue to Module 1.4 — Getting Started with AI-Assisted Teaching and Reflective Practice, where this mindset guides your first AI-assisted lesson.🎉🏅Moodle प्रकार: Page / Label | उद्देश्य: समापन र Module 1.4 तर्फ संकेतमोड्युल पूरा भयो — अर्को चरण र प्रमाणपत्र मार्ग
बधाई छ। तपाईंले Module 1.3: Human-Centred Mindset and AI Ethics Essentials पूरा गर्नुभयो। तपाईंले एआई बुझाइबाट सिद्धान्त, उत्तरदायित्व र सावधानीसहित प्रयोग गर्ने दिशामा प्रगति गर्नुभएको छ।
अगाडि बढ्नु अघि यी कुरा पूरा भएको सुनिश्चित गर्नुहोस्:
- H5P जाँच र प्रतिबिम्बन कार्यहरू।
- AI Ethics Debate सहभागिता।
- Ethical Dilemmas SCORM routine।
- Practical Task 1: classroom Responsible-AI charter।
- Practical Task 2: student AI-use agreement।
- Module 1.3 knowledge check।
- post confidence self-assessment र reflection।
प्रमाणपत्र मार्ग: यो पूरा गर्दा Stage 1 — Acquire प्रमाणपत्रतर्फ योगदान हुन्छ। तपाईंको हस्ताक्षरित Responsible-AI charter मुख्य पोर्टफोलियो प्रमाण हो।अर्को मोड्युल: Module 1.4 — Getting Started with AI-Assisted Teaching and Reflective Practice मा जानुहोस्, जहाँ यही सोचाइले तपाईंको पहिलो एआई-सहयोगी पाठलाई मार्गदर्शन गर्छ।
-
-
-
Collapse Expand
M1.4 Getting Started with AI-Assisted Teaching and Reflective Practice/एआई-सहायतायुक्त शिक्षण र प्रतिबिम्बात्मक अभ्यासको सुरुआत
Module Overview
Competency Level: Stage 1 — Acquire
Strand / UNESCO Block: AI Pedagogy (A4) — AI-assisted Teaching · AI for Professional Development (A5) — Lifelong Learning
Prerequisites: M1.1–M1.3.
Indicative Hours: 14 hours (8 contact + 6 supported practice)
This module turns foundational knowledge into first classroom practice. Teachers learn to decide whether a task needs AI at all, to choose and check a tool, and to run the design–try–reflect cycle on a single lesson. It also begins the habit of using AI for the teacher's own learning and of honest self-assessment against the competency framework.
- Decide, from the teaching need, whether and where a specific AI tool adds value.
- Select, validate and use a basic, locally available AI tool to support a lesson.
- Plan, teach and reflect on one AI-assisted lesson using a simple design–try–reflect cycle.
- Self-assess against the Stage 1 competencies and set a personal next-step goal.
- Starting from the teaching need: does this task even need AI?
- A simple tool-validation check: accuracy, privacy, accessibility and appropriateness.
- Designing a single AI-assisted lesson activity for a real class.
- The design–try–reflect cycle and basic lesson reflection.
- Using AI for the teacher's own preparation; the Stage 1 self-assessment.
- Using AI for teacher productivity — preparing materials, routine tasks and communication — to free time for teaching.
मोड्युल परिचय
दक्षता तह: चरण १ — प्राप्ति / आधारभूत अभ्यास विकास
स्ट्र्यान्ड / युनेस्को ब्लक: एआई शिक्षणशास्त्र (A4) — एआई-सहयोगी शिक्षण · व्यावसायिक विकासका लागि एआई (A5) — जीवनपर्यन्त सिकाइ
पूर्वआवश्यकता: M1.1–M1.3.
अनुमानित समय: १४ घण्टा (८ घण्टा सम्पर्क कक्षा + ६ घण्टा सहयोगसहित अभ्यास)
यस मोड्युलले आधारभूत ज्ञानलाई कक्षाकोठाको प्रारम्भिक अभ्यासमा रूपान्तरण गर्छ। शिक्षकहरूले कुनै शिक्षण कार्यमा एआई आवश्यक छ कि छैन, कुन अवस्थामा त्यसले मूल्य थप्छ, उपयुक्त उपकरण कसरी छान्ने र जाँच्ने, तथा एउटा पाठमा डिजाइन–प्रयोग–प्रतिबिम्बन चक्र कसरी सञ्चालन गर्ने भन्ने सिक्छन्। यसले शिक्षकको आफ्नै सिकाइका लागि एआई प्रयोग गर्ने बानी र दक्षता रूपरेखाका आधारमा इमानदार आत्ममूल्याङ्कन गर्ने अभ्यास पनि सुरु गराउँछ।
- शिक्षण आवश्यकताको आधारमा कुनै विशेष एआई उपकरणले मूल्य थप्छ कि थप्दैन, र कहाँ थप्छ भन्ने निर्णय गर्न सक्ने।
- पाठलाई सहयोग गर्ने आधारभूत, स्थानीय रूपमा उपलब्ध एआई उपकरण छनोट, प्रमाणीकरण र प्रयोग गर्न सक्ने।
- सरल डिजाइन–प्रयोग–प्रतिबिम्बन चक्र प्रयोग गरी एउटा एआई-सहयोगी पाठ योजना बनाउन, पढाउन र प्रतिबिम्बन गर्न सक्ने।
- चरण १ का दक्षताहरूका आधारमा आत्ममूल्याङ्कन गरी आफ्नो अर्को सिकाइ लक्ष्य निर्धारण गर्न सक्ने।
- शिक्षण आवश्यकताबाट सुरु गर्ने: के यो कार्यका लागि साँच्चै एआई चाहिन्छ?
- सरल उपकरण प्रमाणीकरण जाँच: शुद्धता, गोपनीयता, पहुँचयोग्यता र उपयुक्तता।
- वास्तविक कक्षाका लागि एउटा एआई-सहयोगी पाठ गतिविधि डिजाइन गर्ने।
- डिजाइन–प्रयोग–प्रतिबिम्बन चक्र र आधारभूत पाठ प्रतिबिम्बन।
- शिक्षकको आफ्नै तयारीका लागि एआई प्रयोग; चरण १ आत्ममूल्याङ्कन।
- शिक्षक उत्पादकत्वका लागि एआई प्रयोग — सामग्री तयारी, नियमित कार्य र सञ्चार — ताकि शिक्षणका लागि थप समय उपलब्ध होस्।
-
🎓 Section 0 — Start here (खण्ड ० — यहाँबाट सुरु गर्नुहोस्)
-
Students mustReceive a grade
-
-
🤔 Section 1 — Does this task even need AI? (खण्ड १ — के यो कार्यका लागि एआई आवश्यक छ?)
-
-
✅ Section 2 — Choosing and validating a tool (खण्ड २ — उपकरण छनोट र प्रमाणीकरण)
-
-
Students mustViewMake forum posts: 1
-
🧩 Section 3 — Designing one AI-assisted lesson activity (खण्ड ३ — एउटा एआई-सहयोगी पाठ गतिविधि डिजाइन)
-
-
Students mustReceive a grade
-
🔁 Section 4 — The design–try–reflect cycle (खण्ड ४ — डिजाइन–प्रयोग–प्रतिबिम्बन चक्र)
-
-
-
-
👥 Section 5 — Teaching it well: access, the shared device & the two rules (खण्ड ५ — यसलाई प्रभावकारी रूपमा सिकाउने: पहुँच, साझा उपकरण र दुई नियम)
-
Students mustViewMake a submissionReceive a grade
-
🧑🏫 Section 6 — AI for the teacher: preparation & productivity (खण्ड ६ — शिक्षकका लागि एआई: तयारी र उत्पादकता)
-
-
Students mustViewMake forum posts: 1
-
📝 Section 7 — Plan-it: your first AI-assisted lesson (खण्ड ७ — योजना बनाउनुहोस्: तपाईंको पहिलो एआई-सहयोगी पाठ)
-
Students mustViewDo all parts of this activityComplete the activityReceive a grade
-
Students mustViewMake a submissionReceive a grade
-
🏅 Section 8 — The Stage 1 self-assessment, review & the Acquire certificate (खण्ड ८ — चरण १ आत्म-मूल्याङ्कन, समीक्षा र Acquire प्रमाणपत्र)
-
Students mustViewMake a submissionReceive a grade
-
Students mustViewMake attempts: 1Receive a grade
-
🏅➡️ Stage 1 complete — your certificate and the road to Stage 2 / Stage 1 पूरा — तपाईंको प्रमाणपत्र र Stage 2 को बाटो
🏅➡️Moodle type: Page / LabelStage 1 complete — your certificate and the road to Stage 2
Congratulations. Completing Module 1.4 completes Stage 1 — Acquire and contributes to the Foundation Certificate in Teacher AI and Digital Literacy.
Your Stage 1 portfolio evidence now includes:
- A digital resource from Module 1.1.
- A student AI explainer from Module 1.2.
- A signed Responsible-AI charter and student AI-use agreement from Module 1.3.
- One taught AI-assisted lesson plan and reflection from Module 1.4.
- The Stage 1 self-assessment and next-step goal.
Next step: You are ready for Stage 2 — Deepen, beginning with Module 2.1: Accountability and Safe Use. The tool-validation check you learned here will be used again there.🏅➡️Moodle प्रकार: Page / LabelStage 1 पूरा — तपाईंको प्रमाणपत्र र Stage 2 को बाटो
बधाई छ। Module 1.4 पूरा गर्दा Stage 1 — Acquire पूरा हुन्छ र Foundation Certificate in Teacher AI and Digital Literacy मा योगदान गर्छ।
अब तपाईंको Stage 1 portfolio evidence मा समावेश छ:
- Module 1.1 बाट digital resource।
- Module 1.2 बाट student AI explainer।
- Module 1.3 बाट signed Responsible-AI charter र student AI-use agreement।
- Module 1.4 बाट taught AI-assisted lesson plan र reflection।
- Stage 1 self-assessment र next-step goal।
अर्को कदम: तपाईं Stage 2 — Deepen का लागि तयार हुनुहुन्छ, जुन Module 2.1: Accountability and Safe Use बाट सुरु हुन्छ। यहाँ सिकेको tool-validation check त्यहाँ फेरि प्रयोग हुनेछ।
-