{%:प्राथमिक तहको पाठ्यक्रम (२०६२)}

  • उद्देश्य (ज्ञान, सिप) मा आधारित (KS- Knowledge, Skills)
  • साधारण उद्देश्य र विशिष्ट उद्देश्य तथा सिकाइपलव्धिमा आधारित
  • पाठ्यभार र पूर्णाङ्कमा आधारित
  • विषयगत पाठ्यक्रम
  • व्यावहारिक तथा व्यवहार कुशल सिप आर्जन गर्न सक्ने शिक्षण क्रियाकलापमा जोड दिइएको भनिए पनि सो अनुसार अवश्यक पर्ने विधि र पद्धतिको न्यूनता
  • व्यावहारिक तथा जीवनोपयोगी सिपमा जोड

विद्यार्थी मूल्याङ्कन

  • निरन्तर मूल्यांकनः प्रक्रिया केन्द्रित (पोर्टफोलियोमा आधारित)
  • अक्षराङ्कन पद्धतिः  क, ख, र ग गरी ३ ग्रेड विद्यार्थी मूल्याङ्कन

{%}

{%:एकीकृत पाठ्यक्रम २०७६ को पाठ्यक्रम}

  • सक्षमता (ज्ञान, सिप, अभिवृत्ति, मूल्य र कार्यक्षमता) मा आधारित (KSAVA- Knowledge, Skills, Attitude, Value & Ability to do)
  • सक्षमता र सिकाइउपलव्धिमा आधारित
  • पाठ्यघण्टा (Credit hours) र कार्यघण्टामा आधारित
  • एकीकृत पाठ्यक्रम (बहुविषयक  र अन्तरविषयक ढाँचामा एकीकृत)
  • फरकफरक विषयक्षेत्रहरुबिचको अन्तरसम्बन्धका आधारमा सिकाइलाई कार्य व्यवहारमा प्रयोग गर्ने क्षमताको विकास र स्वसिकाइ अनुभवको उपयोग गरी सङ्गठित ज्ञान हासिल गर्न सक्ने सिकाइ क्रियाकलापमा जोड दिइएको
  • व्यावहारिक, जीवनोपयोगी र व्यवहारकुशल सिपमा जोड
  • निरन्तर मूल्याङ्कनः सिकाइउपलव्धिको प्राप्तिमा आधारितः स्पष्ट विधि, प्रक्रिया र साधन (सूचकसमेत) को व्यवस्था 
  • अक्षराङ्कन पद्धतिः  कमजोर, सामान्य, राम्रो र उच्च गरी ४ वटा उपलव्धिस्तर

{%}