शिक्षकले शिक्षण गर्नुअघि किन पाठ्यक्रम अध्ययन गर्नुपर्छ t?

  • पाठ्यक्रमको मर्म र भावना आत्मसात् गर्न र शिक्षण उद्देश्यहरू थाहा पाउन ।
  • पाठ्यक्रमका उद्देश्य परिपूर्तिका लागि आवश्यक शिक्षण योजना तयार गर्न ।
  • विद्यार्थीहरूको पूर्व सिकाइ अनुभव र पृष्ठभूमि, रुचि, आवश्यकता र क्षमता अनुरूप  शिक्षण सिकाइ उपलब्धि यकिन गर्न ।
  • सिकाइ उपलब्धि अनुरूप विषयवस्तुको छनोट गरी शिक्षणका लागि उपयुक्त शिक्षण विधि तथा क्रियाकलाप छनोट गर्न ।
  • शिक्षणका लागि आवश्यक शैक्षणिक सामग्री छनौट, निर्माण र प्रयोग गर्न ।
  • विषयवस्तुको क्षेत्र विस्तार र सीमितता थाहा पाएर पाठ्यपुस्तकले नसमेटेको विषयवस्तुहरूका बारेमा जानकारी राखी सो अनुसार तयारी गर्न ।
  • शिक्षणपछि गरिने विद्यार्थी मूल्याङ्कन प्रक्रियाका बारेमा स्पष्ट हुन ।
  • शिक्षणलाई उद्देश्यपूर्ण, प्रभावकारी र व्यावहारिक बनाउन ।
  • स्वमूल्याङ्कन गर्न र पृष्ठपोषणको प्राप्ति एवम् प्रवाह गर्न ।