२.१.१ आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रमको परिचय
२.१.१ आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रमको परिचय
-
दुई वा दुईभन्दा बढी विषयहरूका सान्दर्भिक पक्षहरूलाई अर्थपूर्ण रूपमा संयोजन गरी निर्माण गरिएको पाठ्यक्रमलाई एकीकृत पाठ्यक्रम भनिन्छ । एकीकृत पाठ्यक्रमका विभिन्न ढाँचाहरूमध्ये विषयगत, बहुविषयगत, अन्तरविषयगत र विषयविहीन ढाँचा प्रचलित छन् ।
-
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले निर्दिष्ट गरेका सिद्धान्त तथा संरचनामा आधारित भई यो पाठ्यक्रम विकास गरिएको ।
-
पाठ्यक्रम बालबालिकाको उमेरगत क्षमता एवम् रुचिलाई ध्यान दिई एकीकृत सिद्धान्तअनुसार विकास गरिएको ।
-
कक्षा १–३ मा बालबालिकालाई आधारभूत साक्षरता, गणितीय ज्ञान तथा सीप र व्यवहारकुशल सीपहरूका साथै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइसम्बन्धी बानीको विकासमा जोड दिइएको ।
-
कक्षा १–३ मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा, सामाजिक अध्ययन, सिर्जनात्मक कला, मातृभाषा तथा स्थानीय विषयका सिकाइ क्षेत्रहरू रहेका ।
-
नेपालको आधारभूत तह (कक्षा १–३) को एकीकृत पाठ्यक्रम समग्रमा बहुविषयक ढाँचामा र 'हाम्रो सेरोफेरो' अन्तरविषयक ढाँचामा विकास गरिएको छ ।
-
पाठ्यक्रममा समावेश गरिएका विभिन्न विषयलाई अन्तरसम्बन्धित हुने गरी जीवनसापेक्ष बनाउने गरी सिकाइ सहजीकरण प्रक्रिया निर्धारण गरिएको।
-
पाठ्यक्रमलाई सक्षमतामा (तहगत तथा विषयगत सक्षमताहरू) आधारित बनाइएको ।
-
जीवनोपयोगी तथा व्यवहारकुशल सीपहरू समेत एकीकृत गरिएको ।
-
भाषागत विषयसँग सम्बन्धित विषयक्षेत्रहरू पठनपाठन सम्बन्धित भाषामा नै गर्नुपर्ने व्यवस्था गरिएको।
-
यस तहमा बालबालिकाहरूले आफ्नो मातृभाषामा सिक्ने अवसर प्राप्त गर्ने मार्ग पनि खुला गरिएको ।
-
विषयगत रूपमा निम्नानुसारको पाठ्यघण्टा (Credit hour) २६ र वार्षिक कार्यघण्टा ८३२ निर्धारण गरिएको ।
|
क्र.स. |
विषयसम्बन्धी क्रियाकलाप |
पाठ्यघण्टा (Credit hour) |
वार्षिक कार्यघण्टा |
|
१. |
भाषिक सिप विकाससम्बन्धी क्रियाकलाप (नेपाली) |
५ |
१६० |
|
२. |
भाषिक सिप विकाससम्बन्धी क्रियाकलाप (अङ्ग्रेजी) |
४ |
१२८ |
|
३. |
गणितीय सिप विकाससम्बन्धी क्रियाकलाप |
४ |
१२८ |
|
४. |
विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा, सामाजिक अध्ययन, चारित्रिक विकास तथा सिर्जनात्मक कलासम्बन्धी क्रियाकलाप (सेरोफेरो) |
८ |
२५६ |
|
५. |
मातृभाषिक सिप/स्थानीय विषयवस्तुसम्बन्धी क्रियाकलाप |
५ |
१६० |
|
|
जम्मा |
२६ |
८३२ |
- (पठनपाठन सञ्चालनका लागि उपयोग भएको ३२ घण्टाको समयावधिलाई एक पाठ्यघण्टा मानिएको)