१.३ एकीकृत पाठ्यक्रमका सैद्धान्तिक मान्यताहरू
१.३ एकीकृत पाठ्यक्रमका सैद्धान्तिक मान्यताहरू
१. विद्यार्थीकेन्द्रित सिकाइ (Learner–Centered Learning): सिकाइ प्रक्रिया विद्यार्थीका आवश्यकताअनुसार सञ्चालन हुने ।
२. अनुभव आधारित सिकाइ (Experiential Learning): विद्यार्थीले आफ्नै अनुभव र परिवेशमा आधारित सिकाइबाट बढी सिक्ने ।
३. अन्तरविषयीय समन्वय (Interdisciplinary Integration): विभिन्न विषयहरू आपसमा सम्बन्धित हुन्छन् । एक–आपससँग जोडेर सिकाउनेगरी विषयवस्तुबिच समन्वय गरिएको हुने ।
४. जीवनोपयोगी शिक्षा (Life–Skill Learning): सिकाइ वास्तविक जीवनसँग प्रत्यक्ष सम्बन्धित बनाउने शिक्षण पद्धतिमा जोड रहने ।
५. समग्र विकास (Holistic Development): बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, भावनात्मक र बौद्धिक विकासलाई जोड दिने । ।
६. सक्रिय सहभागिता (Active Participation): विद्यार्थी सिकाइमा सक्रिय सहभागी, अनुसन्धानकर्ता र सहकार्यकर्ता हुने ।
७. सहकार्यमा आधारित सिकाइ (Collaborative Learning): सिकाइ जोडी, सानो समूह वा सहपाठीहरूसँगको सहकार्यमा आधारित हुने ।
८. समस्या समाधानमा आधारित सिकाइ (Problem–Based Learning): सिकाइ प्रक्रिया समस्या समाधान, अन्वेषण र खोजमार्फत अघि बढ्ने ।
९. लचिलो पाठ्यक्रम (Flexible Curriculum): पाठ्यक्रम र शिक्षण योजना स्थानीय आवश्यकताअनुसार समायोजन गर्न सकिने गरी तय गरिएको हुनुपर्ने ।
१०. निरन्तर र बहुआयामिक मूल्याङ्कन (Continuous & Multi-Dimensional Assessment): मूल्याङ्कन केवल परीक्षामै नगरी परियोजना, संवाद, प्रस्तुति र पोर्टफोलियोबाट पनि गरिनुपर्ने ।
यी मान्यताहरूले एकीकृत पाठ्यक्रमलाई बालमैत्री, समावेशी, जीवनमुखी र सिर्जनशील बनाउने कुरामा जोड दिने भएकाले परम्परागतभन्दा व्यावहारिक र उपयोगी मानिन्छ ।