१.४ एकीकृत पाठ्यक्रमका प्रकारहरू
१.४ एकीकृत पाठ्यक्रमका प्रकारहरू
प्रचलित पाठ्यक्रम एकीकरणका ढाँचाहरू: पाठ्यक्रम एकीकरणका विभिन्न ४ वटा ढाँचाहरू प्रयोग हुने गरेको पाइन्छ:
{%:विषयगत (Disciplinary)}फरक फरक विषयका लागि अलग-अलग समय निर्धारण गरी विषयगत ज्ञान र सीपमा जोड दिएर शिक्षण-सिकाइ क्रियाकलाप गरिने{%}
{%:बहुविषयक (Multi–Disciplinary)}विभिन्न विषयबाट अन्तरसम्बन्धित विषयवस्तु वा अवधारणालाई सम्बन्धित बनाएर एकै ठाउँमा राखेर शिक्षण गराउने तर विषयगत सीमा र पहिचान भने कायम रहने{%}
{%:अन्तरविषयक (Interdisciplinary)}दुई वा दुईभन्दा बढी विषयसँग मिल्ने गरी विषयक्षेत्र (Theme) निर्धारण गरेर मिल्ने विषयक्षेत्रलाई एकै ठाउँमा राखेर वा एकीकृत गरेर सिकाउने र नमिल्ने विषयवस्तुलाई त्यस क्रममा अलग रूपमा सिकाउने ।{%}
{%:अन्तरविषयक (Interdisciplinary)}जीवन्त अनुभवसँग आबद्ध भई विषयगत सीमा नराखी कुनै समस्या वा घटनामा आधारित भई सिकाइ क्रियाकलाप सञ्चालन गरिने पद्धति । यसमा अधिकांशतः अन्तरसम्बन्धित विषयवस्तुबाट सिकाइ सुरु हुने ।{%}
