२.१.३ आधारभूत तह (कक्षा १–३) को एकीकृत पाठ्यक्रमका सबल पक्ष र चुनौती
२.१.३ आधारभूत तह (कक्षा १–३) को एकीकृत पाठ्यक्रमका सबल पक्ष र चुनौती
{%:सबल पक्ष}
-
सक्षमतामा आधारित (Competency based)
-
पाठ्यघण्टा (Credit hour) मा आधारित
-
खण्डीकृत सिकाइलाई न्यून गर्दै एकीकृत सिकाइमा जोड दिएको (सहजीकरण विधि तथा प्रक्रियामा नवीनता)
-
प्रायोगिक सिकाइका माध्यमबाट सिकाइलाई विद्यार्थीको जीवनपद्धतिसँग आबद्ध गर्ने प्रयास भएको,
-
फरक फरक विषयक्षेत्रहरूका बिचको अन्तरसम्बन्ध कायम गरी सिकाइ उपलब्धिको प्राप्तिमा जोड दिइएको,
-
विद्यार्थीको सक्रियता, विद्यार्थी निर्दिष्ट सिकाइ क्रियाकलाप सञ्चालन र अन्तरविषयक तथा बहुविषयक सिकाइमा जोड
-
परियोजना कार्य, घटना अध्ययन, खोज अनुसन्धानमा आधारित शिक्षण र सहपाठी सिकाइ विधिमा जोड दिइएको
-
शिक्षण सिकाइ योजना निर्माणको मार्गदर्शन दिइएको
-
विद्यार्थी मूल्याङ्कन विधिका लागि स्पष्ट विधि, प्रक्रिया र साधन (सूचकसमेत) को व्यवस्था गरिएको
{%}
{%:चुनौतीहरू}
- एकीकृत पाठ्यक्रमको अवधारणा र उपादेयता सहित प्रयोगका बारेमा शिक्षक र अभिभावकसम्म प्रबोधीकरण गर्नु
-
एकीकृत पाठ्यक्रम मर्म तथा सैद्धान्तिक मान्यताअनुसार कार्यान्वयन सहज हुने गरी पाठ्यक्रम कार्यान्वयन निर्देशिका (Curriculum guide), शैक्षणिक तथा शैक्षिक सामग्रीको विकास र प्रयोग गर्नु
-
एकीकृत पाठ्यक्रमको सफल कार्यान्वयनमा अभिभावक र समुदायको सक्रियता, स्थानीय सरकारको क्षमता, विद्यालय र शिक्षकको प्राविधिक क्षमता, प्रविधिको उपलब्धता आदि पक्षको एकीकृत रचनात्मक प्रयास जुटाई कार्यान्वयनमा सहजता सिर्जना गर्नु
-
नेपालको विद्यालय शिक्षाको अभ्यास, नेपाली समाजको अनुभव, नेपालको शिक्षण सिकाइको अभ्यास, शिक्षकको आपूर्ति र शिक्षक तयारीको अवस्था, शिक्षकको पेसागत विकास र कक्षाकोठामा त्यसको प्रयोगको अवस्था लगायतको परिवेश र सन्दर्भमा उपयुक्त ढाँचामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहजीकरण गर्नु
-
शिक्षकको मनस्थिति, विद्यालयको शैक्षणिक र भौतिक अवस्था, सामुदायिक विद्यालयका पढाउने अभिभावकको अवस्था र मनोदशा आदिलाई दृष्टिगत गरी स्थानीय सरकार, स्थानीय समुदाय र अभिभावक तथा वि.व्य.स. र शिक्षकको आवश्यक क्षमता विकास र प्रयोग गर्नु ।
समग्रमा माथिका चुनौती भए पनि यस कार्यक्रममा मूलतः शिक्षक मित्रहरुलाई एकीकृत पाठ्यक्रम के हो? यसमा के के एकीकृत छ? एकीकृत शिक्षण कसरी गर्ने भन्ने वारेमा अवधारणा र अभ्यासमा सुसूचित गर्नु जस्ता प्रमुख चुनौती सामना गर्न सक्ने तुल्याउनु यस प्याकेजको चुनौती हो ।
{%}