पक्षहरू / आधारहरू

परम्परागत पाठ्यक्रम

एकीकृत पाठ्यक्रम

. संरचना

विषयकेन्द्रित (Subject-centered)

विद्यार्थीकेन्द्रित जीवनकेन्द्रित (Learner & Life-centered)

. विषयको अवस्थिति

हरेक विषय अलगअलग पढाइने

विभिन्न विषयहरू आपसमा मिलाएर पढाइने

. सिकाइको स्वरूप

सैद्धान्तिक विषयवस्तुको ज्ञानमुखी

व्यावहारिक, परियोजनामूलक (activity/project-based)

. शिक्षकको भूमिका

ज्ञान दिने (Authority)

मार्गदर्शक, सहअध्ययनकर्ता (Facilitator)

. विद्यार्थीको भूमिका

सुन्ने, रट्ने परीक्षा दिने

सिकाइमा सक्रिय सहभागी, खोजकर्ता

.मूल्याङ्कन (Assessment)

विषयवस्तुमा आधारित परीक्षाकेन्द्रित मूल्याङ्कन

निरन्तर मूल्याङ्कन, पोर्टफोलियो, परियोजना कार्य आदि

. विषयहरूबिच सम्बन्ध

पृथक अलग विषयगत

अन्तरसम्बन्धित, अन्तरविषयीय (interdisciplinary)

. सिकाइको उद्देश्य

परीक्षा पास गर्नु, तथ्य याद गर्नु

जीवनोपयोगी व्यवहारकुशल सिप तथा आलोचनात्मक सोचको विकास

. सिकाइ वातावरण

नियन्त्रणमुखी, शिक्षककेन्द्रित

लचिलो, रमाइलो, सहयोगी वातावरण

१०. जोड

औपचारिक शिक्षामा, पाठ्यपुस्तक केन्द्रित शिक्षण

बालमैत्री, व्यावहारिक जीवनसँग जोडिएको शिक्षण

यसरी परम्परागत पाठ्यक्रम अलि बढी रूढीवादी, परीक्षा–मुखी र शिक्षक–केन्द्रित हुन्छ भने एकीकृत पाठ्यक्रम चाहिँ विद्यार्थीको समग्र विकास, सहकार्य, व्यवहारिकता र जीवन व्यवहारमा केन्द्रित हुन्छ ।