शिक्षकले शिक्षण गर्नुअघि किन पाठ्यक्रम अध्ययन गर्नुपर्छ त?
शिक्षकले शिक्षण गर्नुअघि किन पाठ्यक्रम अध्ययन गर्नुपर्छ त?
Completion requirements
View
एकीकृत पाठ्यक्रमको परिचय प्राप्त गरेपछि शिक्षकले शिक्षण गर्नु अगाडि नै पाठ्यक्रम अध्ययन गरि शिक्षणपूर्वको तयारी गर्न आवश्यक हुन्छ । त्यसैले यहाँ शिक्षकले शिक्षण गर्नु अघि पाठ्यक्रम अध्ययन गर्नु पर्नाका कारण वारेमा प्रस्तुत गरिएको छ ।
शिक्षकले शिक्षण गर्नुअघि किन पाठ्यक्रम अध्ययन गर्नुपर्छ t?
- पाठ्यक्रमको मर्म र भावना आत्मसात् गर्न र शिक्षण उद्देश्यहरू थाहा पाउन ।
- पाठ्यक्रमका उद्देश्य परिपूर्तिका लागि आवश्यक शिक्षण योजना तयार गर्न ।
- विद्यार्थीहरूको पूर्व सिकाइ अनुभव र पृष्ठभूमि, रुचि, आवश्यकता र क्षमता अनुरूप शिक्षण सिकाइ उपलब्धि यकिन गर्न ।
- सिकाइ उपलब्धि अनुरूप विषयवस्तुको छनोट गरी शिक्षणका लागि उपयुक्त शिक्षण विधि तथा क्रियाकलाप छनोट गर्न ।
- शिक्षणका लागि आवश्यक शैक्षणिक सामग्री छनौट, निर्माण र प्रयोग गर्न ।
- विषयवस्तुको क्षेत्र विस्तार र सीमितता थाहा पाएर पाठ्यपुस्तकले नसमेटेको विषयवस्तुहरूका बारेमा जानकारी राखी सो अनुसार तयारी गर्न ।
- शिक्षणपछि गरिने विद्यार्थी मूल्याङ्कन प्रक्रियाका बारेमा स्पष्ट हुन ।
- शिक्षणलाई उद्देश्यपूर्ण, प्रभावकारी र व्यावहारिक बनाउन ।
- स्वमूल्याङ्कन गर्न र पृष्ठपोषणको प्राप्ति एवम् प्रवाह गर्न ।