• विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने उद्देश्यबाट दुई वा दुईभन्दा बढी अन्तरसम्बन्धित विषयहरूबिच सहसम्बन्ध स्थापित गर्दै विद्यार्थीको सक्रियतालाई केन्द्रमा राखी सैद्धान्तिक ज्ञान तथा सीपलाई व्यावहारिक जीवनसँग आबद्ध गर्ने गरी विकास गरिएको पाठ्यक्रम ।
  • सिकाइलाई बृहत् विषयवस्तुमाथि केन्द्रित गराउने उद्देश्यले दुई वा दुईभन्दा बढी विषयहरूका सान्दर्भिक पक्षहरूलाई अर्थपूर्ण रूपमा संयोजन गरी निर्माण गरिएको पाठ्यक्रम ।
  • भिन्न विषय क्षेत्रका सिकाइ सक्षमतालाई एउटै पाठ्यक्रममा समावेश गरी सिकाइ व्यवस्थापन गरिने पाठ्यक्रम ।