२.२ प्राथमिक तहको पाठ्यक्रम (२०६२) र कक्षा १–३ को एकीकृत पाठ्यक्रम २०७६ को पाठ्यक्रमबीचको तुलना
२.२ प्राथमिक तहको पाठ्यक्रम (२०६२) र कक्षा १–३ को एकीकृत पाठ्यक्रम २०७६ को पाठ्यक्रमबीचको तुलना
Completion requirements
View
{%:प्राथमिक तहको पाठ्यक्रम (२०६२)}
- उद्देश्य (ज्ञान, सिप) मा आधारित (KS- Knowledge, Skills)
- साधारण उद्देश्य र विशिष्ट उद्देश्य तथा सिकाइपलव्धिमा आधारित
- पाठ्यभार र पूर्णाङ्कमा आधारित
- विषयगत पाठ्यक्रम
- व्यावहारिक तथा व्यवहार कुशल सिप आर्जन गर्न सक्ने शिक्षण क्रियाकलापमा जोड दिइएको भनिए पनि सो अनुसार अवश्यक पर्ने विधि र पद्धतिको न्यूनता
- व्यावहारिक तथा जीवनोपयोगी सिपमा जोड
विद्यार्थी मूल्याङ्कन
- निरन्तर मूल्यांकनः प्रक्रिया केन्द्रित (पोर्टफोलियोमा आधारित)
- अक्षराङ्कन पद्धतिः क, ख, र ग गरी ३ ग्रेड विद्यार्थी मूल्याङ्कन
{%}
{%:एकीकृत पाठ्यक्रम २०७६ को पाठ्यक्रम}
- सक्षमता (ज्ञान, सिप, अभिवृत्ति, मूल्य र कार्यक्षमता) मा आधारित (KSAVA- Knowledge, Skills, Attitude, Value & Ability to do)
- सक्षमता र सिकाइउपलव्धिमा आधारित
- पाठ्यघण्टा (Credit hours) र कार्यघण्टामा आधारित
- एकीकृत पाठ्यक्रम (बहुविषयक र अन्तरविषयक ढाँचामा एकीकृत)
- फरकफरक विषयक्षेत्रहरुबिचको अन्तरसम्बन्धका आधारमा सिकाइलाई कार्य व्यवहारमा प्रयोग गर्ने क्षमताको विकास र स्वसिकाइ अनुभवको उपयोग गरी सङ्गठित ज्ञान हासिल गर्न सक्ने सिकाइ क्रियाकलापमा जोड दिइएको
- व्यावहारिक, जीवनोपयोगी र व्यवहारकुशल सिपमा जोड
- निरन्तर मूल्याङ्कनः सिकाइउपलव्धिको प्राप्तिमा आधारितः स्पष्ट विधि, प्रक्रिया र साधन (सूचकसमेत) को व्यवस्था
- अक्षराङ्कन पद्धतिः कमजोर, सामान्य, राम्रो र उच्च गरी ४ वटा उपलव्धिस्तर
{%}