१.१ एकीकृत पाठ्यक्रम (Integrated Curriculum) मा आधारित शिक्षण सिकाइको अवधारणा
१.१ एकीकृत पाठ्यक्रम (Integrated Curriculum) मा आधारित शिक्षण सिकाइको अवधारणा
कक्षा १–३ को एकीकृत पाठ्यक्रमको अवधारणा सम्बन्धी सत्रमा यहाँहरू सबैलाई स्वागत छ ।
यस सत्रमा हामी एकीकृत पाठ्यक्रमको अर्थ, महत्त्व, विशेषतासहित एकीकृत पाठ्यक्रमका सैद्धान्तिक मान्यताहरू, एकीकृत पाठ्यक्रमका प्रकारहरू, एकीकृत पाठ्यक्रम र परम्परागत पाठ्यक्रमबिचको अन्तर तथा एकीकृत पाठ्यक्रम प्रयोग सम्बद्ध विषयवस्तुको जानकारी लिनेछौँ । सत्र समाप्तिमा cfTdd"Nofª\sg प्रश्नावलीका माध्यमबाट विषयवस्तुको बुझाइको :jd"Nofª\sg हुनेछ । यस सत्रको अन्त्यमा सहभागीले निम्नलिखित उद्देश्य हासिल गर्नेछन् :
-
एकीकृत पाठ्यक्रमको अवधारणा र प्रकारका बारेमा परिचित हुन ।
-
वर्तमान एकीकृत पाठ्यक्रमको संरचना र विशेषताको बोध गर्न ।
-
दुई वा दुईभन्दा बढी विषयका पाठ्यवस्तु एकीकरण गरी एकीकृत पाठ्यसामग्रीहरूको व्यावहारिक प्रयोग गर्न ।
-
एकीकृत पाठ्यक्रमको मर्मअनुसार निरन्तर सिकाइको मूल्याङ्कनको अवधारणाप्रति परिचित भई प्रयोग गर्न ।
