1 एकीकृत पाठ्यक्रमको परिचयमा सबैलाई स्वागत छ।
सक्षमतामा आधारित (Competency based) पाठ्यघण्टा (Credit hour) मा आधारित खण्डीकृत सिकाइलाई न्यून गर्दै एकीकृत सिकाइमा जोड दिएको (सहजीकरण विधि तथा प्रक्रियामा नवीनता) प्रायोगिक सिकाइका माध्यमबाट सिकाइलाई विद्यार्थीको जीवनपद्धतिसँग आबद्ध गर्ने प्रयास भएको, फरक फरक विषयक्षेत्रहरूका बिचको अन्तरसम्बन्ध कायम गरी सिकाइ उपलब्धिको प्राप्तिमा जोड दिइएको, विद्यार्थीको सक्रियता, विद्यार्थी निर्दिष्ट सिकाइ क्रियाकलाप सञ्चालन र अन्तरविषयक तथा बहुविषयक सिकाइमा जोड परियोजना कार्य, घटना अध्ययन, खोज अनुसन्धानमा आधारित शिक्षण र सहपाठी सिकाइ विधिमा जोड दिइएको शिक्षण सिकाइ योजना निर्माणको मार्गदर्शन दिइएको विद्यार्थी मूल्याङ्कन विधिका लागि स्पष्ट विधि, प्रक्रिया र साधन (सूचकसमेत) को व्यवस्था गरिएको
एकीकृत पाठ्यक्रम मर्म तथा सैद्धान्तिक मान्यताअनुसार कार्यान्वयन सहज हुने गरी पाठ्यक्रम कार्यान्वयन निर्देशिका (Curriculum guide), शैक्षणिक तथा शैक्षिक सामग्रीको विकास र प्रयोग गर्नु एकीकृत पाठ्यक्रमको सफल कार्यान्वयनमा अभिभावक र समुदायको सक्रियता, स्थानीय सरकारको क्षमता, विद्यालय र शिक्षकको प्राविधिक क्षमता, प्रविधिको उपलब्धता आदि पक्षको एकीकृत रचनात्मक प्रयास जुटाई कार्यान्वयनमा सहजता सिर्जना गर्नु नेपालको विद्यालय शिक्षाको अभ्यास, नेपाली समाजको अनुभव, नेपालको शिक्षण सिकाइको अभ्यास, शिक्षकको आपूर्ति र शिक्षक तयारीको अवस्था, शिक्षकको पेसागत विकास र कक्षाकोठामा त्यसको प्रयोगको अवस्था लगायतको परिवेश र सन्दर्भमा उपयुक्त ढाँचामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहजीकरण गर्नु शिक्षकको मनस्थिति, विद्यालयको शैक्षणिक र भौतिक अवस्था, सामुदायिक विद्यालयका पढाउने अभिभावकको अवस्था र मनोदशा आदिलाई दृष्टिगत गरी स्थानीय सरकार, स्थानीय समुदाय र अभिभावक तथा वि.व्य.स. र शिक्षकको आवश्यक क्षमता विकास र प्रयोग गर्नु । समग्रमा माथिका चुनौती भए पनि यस कार्यक्रममा मूलतः शिक्षक मित्रहरुलाई एकीकृत पाठ्यक्रम के हो? यसमा के के एकीकृत छ? एकीकृत शिक्षण कसरी गर्ने भन्ने वारेमा अवधारणा र अभ्यासमा सुसूचित गर्नु जस्ता प्रमुख चुनौती सामना गर्न सक्ने तुल्याउनु यस प्याकेजको चुनौती हो ।