6 विद्यार्थी मूल्याङ्कन
Completion requirements
View
यस पाठ्यक्रममा विद्यार्थी मूल्याङ्कन सम्बन्धमा निम्नानुसारका व्यवस्था गरिएको छ:
-
आधारभूत तहको कक्षा १—३ मा विद्यार्थी मूल्याङ्कनले उनीहरूलाई सिकाइका लागि प्रोत्साहन गर्नुका साथै सिकाइ सुधारका लागि मार्गप्रशस्त गर्न कक्षाकोठामा आधारित मूल्याङ्कनका प्रक्रिया, रणनीति तथा साधनहरू प्रयोग गर्न जोड दिएको छ।
-
कक्षाकोठामा आधारित मूल्याङ्कनका लागि विभिन्न किसिमका साधनहरू प्रयोग गरेर विद्यार्थीको सिकाइको निरन्तर लेखाजोखा गरी शिक्षण सिकाइ प्रक्रियाको अभिन्न अङ्गका रूपमा अभ्यास गरी सिकाइ सुधारमा जोड दिइएको छ।