Pp
P
www.bluemimissa.blogsport.com
www.bluemimissa.blogsport.com
Learning Portal मा Log In कसरी गर्ने।
https://youtu.be/obXikvkOjaU?si=gQQ4ou5T-qAl5Bph
Deepak
It's me Deepak Maka from Bhaktapur of Santati Basic School
सुनको मूल्य हालसम्मकै उच्च, एक सातामै तोडियो रेकर्ड
१२ भदौ, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन […]
नेपाली सेयर बजारमा बुल र बियर इतिहास
१२ भदौ, काठमाडौं । कम्पनीको मूल्यमा प्रायः लगातारको वृद्धि, एक्सचेन्जका परिसूचकमा देखिएको लामो अवधिको वृद्धि, लगानीकर्ताहरूको सम्पत्तिमा भएको वृद्धि, लगानीकर्ताको उत्साह, अर्थतन्त्रप्रतिको विश्वास बुल मार्केटको विशेषता हो । बुल मार्केटको समयमा प्रायः सबै कम्पनीका सेयरको मूल्य बढ्छ । समग्र आर्थिक अवस्था र कम्पनीको नाफामा लगानीकर्ताको दृष्टिकोण सकारात्मक हुन्छ । यस किसिमको अनुकूल भावनाले भविष्यमा लाभको […]
स्मृति कार्य : अहिंसात्मक भविष्यको लागि विगतको संरक्षण
टीआरसी ऐनको संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट एकमतले पारित भएको छ। प्रमुख राजनीतिक दलले सहमति गरेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेपछि लामो समयदेखि थाती रहेको संक्रमणकालीन न्यायको कामले गति लिने अपेक्षा गरिएको छ। संशोधन विधेयकमा रहेका केही कमी-कमजोरी र असन्तुष्टिको आवाजका बावजुद संक्रमणकालीन न्यायको प्रक्रिया अगाडि बढ्ने देखिन्छ। संक्रमणकालीन न्यायको कार्यभार सत्य, न्याय, परिपूरण र […]
पाल्पाका २१ पत्रकार पुरस्कृत
१२ भदौ, पाल्पा । पाल्पाका २१ जना जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखामार्फत स्थापना भएका विभिन्न पुरस्कारबाट उनीहरु सम्मानित भएका हुन् । मंगलबार एक कार्यक्रमकाबीच उनीहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, वरिष्ठ पत्रकार मेघराज शर्मा, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर, प्रदेश अर्थमन्त्री धनबहादुर कार्की, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, शाखा अध्यक्ष रेखीराम […]
टीयू बिआईएम कप क्रिकेट भदौ १४ देखि हुने
१२ भदौ, काठमाडौं । टीयू बिआईएम कप अन्तर कलेज क्रिकेट प्रतियोगिता यही भदौ १४ गतेदेखि हुने भएको छ । आयोजक म्यान क्यान डुले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ १४ देख १७ गतेसम्म मुलपानी क्रिकेट मैदानमा हुने जानकारी गराएको हो । प्रतियोगितामा नेपाल कमर्स क्याम्पस, शंकरदेव क्याम्पस, किस्ट कलेज, केसीउमआईटी, मेची मल्टीपल क्याम्पस, आईएमएस कलेज […]
साफ यू–२० च्याम्पियनसिप फाइनल : नेपाललाई घरेलु मैदानमा च्याम्पियन बन्ने अवसर
सात वर्षपछि नेपाल सामु फेरि च्याम्पियन बन्ने अवसर छ । यस पटक नेपालका लागि फाइनल प्रतिद्वन्द्वी बंगलादेश छ ।
माओवादी घटकबीच एकता आवश्यक : नेता शर्मा
१२ भदौ, तुलसीपुर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माले आगामी निर्वाचनमा पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएकी छन् । मङ्गलबार माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकी शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताइन् । ‘आगामी निर्वाचनसम्म […]
यस्तो छ बुधबार कालीमाटी बजारमा तरकारी भाउ
१२ भदौ, काठमाडौं । बुधबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भन्टा, टाटे सिमी, तिते करेला, भिण्डी केही महँगिएको छ । त्यस्तै गोलभेँडा, स्थानीय काउली, घिउ सिमी तथा परवर सस्तिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन नेपाली ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम ६५ रुपैयाँ छ । कालीमाटीमा प्याज पनि महँगिदै गएको […]
हेटौंडाका दुई पुराना विद्यालय मर्ज गर्ने तयारी
भुटनदेवी मावि र आधुनिक राष्ट्रिय मावि एकीकृत गरी सञ्चालन गर्दा प्रशासनिक खर्च कम हुने, गुणस्तरीय शिक्षा दिन सकिने, सामुदायिक विद्यालयप्रतिको विश्वसनीयता बढ्ने र हेटौंडालाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने विश्वास छ ।
नेपाली दम्पती कुन महिनामा बढी सन्तान जन्माउँछन् ?
१२ भदौ, काठमाडौं । नेपालमा सर्वाधिक प्रसूति गराउने स्वास्थ्य संस्था हो, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल । तथ्यांकले देखाउँछ, यहाँ वार्षिक २५ हजार हाराहारी प्रसूति गराइन्छ । यही तथ्यांकलाई आधार मानेर हामीले ५ वर्ष यताको जन्मदर र जन्म–महिनाको अनुपात हेर्यौं । यसबाट के देखियो भने नेपाली दम्पतीले साउन, भदौ र असोज महिनामा बढी […]
ओल्मोको डेब्यु गोलमा बार्सिलोनाको पुनरागमन जित
१२ भदौ, काठमाडौं । डानी ओल्मोले बार्सिलोनाबाट डेब्यु खेलमै गोल गरेपछि स्पानिस ला लिगामा बार्सिलोनाले रायो भालेकानोमाथि २-१ को पुनरागमन जित हात पारेको छ । यसै समरमा लाइपजिगबाट बार्सिलोना पुगेका ओल्मोले ८२औं मिनेटमा लामिन यामलको पासमा विजयी गोल गरेका थिए । त्यसअघि उनाई लोपेजले नवौँ मिनेटमा गोल गर्द घरेलु टोली रायो भालेकानोलाई अग्रता दिलाएका थिए […]
एक महिनादेखि प्रहरी अस्पताल प्रमुखविहीन, एआईजीको दौडमा ३ प्रतिस्पर्धी
१२ भदौ, काठमाडौं । नेपाल प्रहरी अस्पताल एक महिनादेखि प्रमुखविहीन छ । १० साउनमा प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर तथा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंह अवकाशमा गएकी थिइन् । १४ पुस २०७६ मा अस्पताल प्रमुख बनेकी सिंह साढे चार वर्ष जिम्मेवारी सम्हालेपछि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएकी थिइन् । उनी अवकाशमा गएपछि […]
अमेरिकाको ह्युस्टनमा नेपाली छात्राको गोली हानी हत्या
१२ भदौ, टेक्सस (अमेरिका) । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे […]
लाखे नाच्दै, समाचार लेख्दै
भदौको पहिलो साता काठमाडौं उपत्यकामा बिहानैदेखि भएको वर्षाको निरन्तरता घटेको छैन । ललितपुर जावलाखेलको ‘बद्रीको हलुवा पसल’ गन्तव्य बनाएका हामी तीन भाइ (राजेन्द्र मानन्धर, भोजराज न्यौपाने र म) भेटको संयोगलाई उपयोगको अस्त्र मानेर लम्किरहेका छौं । हलुवा-स्वारीको स्वादसँग एक थान छाते फोटो क्लिक भयो । साँझमा त्यही फोटो सामाजिक सञ्जालमा पोस्ट्याएर भोजराजले क्याप्सन लेखे– ‘साथी […]
चुनिए एकीकृत समाजवादीका पदाधिकारी, रामकुमारी हारिन्, मेटमणि बने उपमहासचिव
१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसम्मत चुनिएका थिए । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले अर्की प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराइन् । यसैगरी मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र झा […]
पेरिस पारालिम्पिक : पलेशा र भरतको प्रतिद्वन्द्वी तय
१२ भदौ, काठमाडौं । पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्डोमा सहभागी हुने नेपाली खेलाडी पलेशा गोबर्द्धन र भरतसिंह महताको प्रतिद्वन्द्वी मंगलबार टुंगो लागेको छ । मंगलबार निकालिएको ‘ड्र’ बाट दुवै खेलाडीको प्रतिद्वन्द्वी टुंगो लागेको प्रशिक्षक कविराज नेगी लामाले पेरिसबाट जानकारी गराए । पेरिसस्थित ग्रान्ड पेलेसमा अगष्ट २९ तारिखमा भरतले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्ने छन् […]