साउथ सुडानी सानीकेटीको नमेटिने आशा
गर्मीले अनि भोकले लोलाएका आँखाहरूले गेटभित्रैबाट सानीकेटीको गतिविधिलाई नियालिरहेका एम्ब्रुज उनको मनोदशा महसुस गरिरहेका हुन्छन् । उसको खुशीमा फिस्स हाँस्छन् र सानो स्वरले बर्बराँउछन्- 'ओ माईटी लर्ड, हेल्प देम' अर्थात् हे भगवान् यिनीहरूलाई मद्दत गर ।
दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुनेमा अन्योल
१२ भदौ, काठमाडौं । २ देखि ९ मंसिरमा कर्णालीको सुर्खेतमा हुने तय भएको १० औं राष्ट्रिय खेलकुद निर्धारित मितिमा हुनेमा अन्योल भएको छ । पूर्वतयारी सुस्त भएपछि प्रतियोगिता निर्धारित मितिमै हुनेमा शंका व्यक्त भएको हो । मंगलबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले तोकिएकै मितिमा खेल हुने वा नहुने अन्योल भएको भन्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल […]
विराटनगरको रथयात्रा समापन, शंकास्पद गतिविधि गरेको आरोपमा १४३ जना पक्राउ
१२ भदाै, विराटनगर । मोरङको विराटनगरमा निकालिएकाे राधाकृष्ण रथयात्रा गएराति समापन भएको छ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथ यात्रा बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गरी पुन: मन्दिरमा पुगेर समापन भएको हो । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा तीन लाख बढी भक्तजन सहभागी […]
एन्फा कार्यसमिति बैठक बिहीबारसम्मका लागि स्थगित
११ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक मंगलबार नसकिएपछि बिहीबारसम्मका लागि स्थगित भएको छ । मंगलबार सुरु भएको एन्फा कार्यसमिति बैठक समय अभावका कारण स्थगित भएको एन्फाले जनाएको छ । ‘एन्फाको आठौं कार्यसमिति बैठक समय अभावका कारण स्थगित भएको छ । बैठक अब बिहीबार पुनः बस्नेछ ।’ एन्फाले आफ्नो सामाजिक […]
वातावरण वैज्ञानिकले ल्याए भजन ‘पिर हरिदेऊ’
काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीतमा सजिएको ‘पिर हरिदेऊ’ शीर्षकको भजन यूट्युबमार्फत सार्वजनिक भएको छ । यो भजनको संगीत संयोजन वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले गरेका छन् । अमेरिकामा वातावरण विज्ञानमा पिएचडी गरेका संगीतकर्मी घिमिरेका ‘कालीको ठुम्का’, ‘बाँध मायाले’, ‘धिन्तनाक्धीन’, ‘लभ मास्टर’, ‘जब साथ तिम्रो न्यानो’ जस्ता गीतहरुले […]
एकीकृत समाजवादीभित्र प्रस्ट गुटबन्दी
सोमबार मतदान हुँदा विशेषगरी उपाध्यक्ष र उपमहासचिव पदमा बलियो गुटगत प्रतिस्पर्धा देखियो ।
यस्तो देखियो ‘वर एण्ड वधु’को प्रिमियर (तस्वीर)
काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधु’लाई एक्सक्लुसिभ प्रिमियर गरिएको छ । मंगलबार बेलुका पर्यटकीय राजधानी पोखराको मिडटाउन सिनेमाजमा फिल्मको रेडकार्पेट प्रिमियर गरियो । फिल्मको प्रथम प्रदर्शनीमा निर्देशक चाम्ससहित कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, कुसुम शर्मा लगायत सहभागि रहे । लाहुरेको सहर भनेर चिनिने पोखरेली अतिथि पनि प्रिमियरमा देखिए । ‘दर्शकबाट […]
नाडा अटो शो : ८ नयाँ ब्रान्ड, सस्तोदेखि प्रिमियमसम्म
११ भदौ, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजदेखि ‘नाडा अटो शो २०२४’ सुरु भयो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा महासंघ) को आयोजनामा प्रत्येक वर्षजसो भइरहेको शोमा यो पटक भने प्रायः प्रिमियमदेखि सस्तो गाडीसम्म विद्युतीय सवारीसाधन (ईभी) मा आकर्षण देखिएको छ । अटो शो आएका नयाँ गाडी पनि अधिकांश ईभी नै छन् । १६ भदौसम्म सञ्चालन […]
विद्यालय शिक्षा विधेयकमा राजनीतिक सहमति खोज्दै संसदीय समिति
११ भदौ, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा राजनीतिक सहमति खोजेको छ । विधेयक एक वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन छ । २०८० साल भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा हाल शिक्षा समितिले सरोकारवालाहरूको छलफल सकेको छ । अहिले संशोधनकर्ता सांसदहरूसँग छलफल चलिरहेको छ । १५२ समूहमा सांसदहरूले एक हजार ७५८ वटा […]
अवैध रूपमा अमेरिका जान हिंडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
११ भदौ, काठमाडौं । अवैध रूपमा अमेरिका हिंडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले पनि १७६ जना नेपाली साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता पुर्याउने दूतावासले जनाएको छ । मानव तस्करहरुको समूहले अवैध रुपमा अमेरिका प्रवेश गराउने भन्दै ब्राजिल लगायतका […]
नेपालमा हेल्थ समिट २०२४ गर्दै स्वास्थ्य मन्त्रालय
११ भदौ, काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने निर्णय गरेको छ । उक्त सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूको सहभागिता रहने र सुझावहरू सङ्कलन गर्ने मन्त्रालयको तयारी रहेको छ । […]
नेपाली फिल्म खेल्न काठमाडौं आइपुगे नेटफ्ल्क्सि स्टार जेमी बेकन
काठमाडौं । नेपाली फिल्म ‘एक्लो’मा अभिनय गर्न बेलायती अभिनेता जेमी बेकन मंगलबार काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्देशक प्रदीप शाही, अभिनेत्री दीया पुन, कविता नेपाली लगायतले स्वागत गरे । ढाकाटोपी र फूलमालामा न्यानो स्वागत ग्रहण गरेपछि बेकनले नेपाली आतिथ्यताको प्रशंसा गरे । ‘म पहिल्यैदेखि नेपाल आउन पनि उत्साही थिएँ’ विमानस्थलमा अनलाइनखबरसँग कुरा […]
कांग्रेसमा सबैलाई मान्य हुने प्रस्तावको खोजी
११ भदौ, काठमाडौं । चुनावी तालमेल, एक्जिट पोलिसी र महाधिवेशन कार्यतालिकाबारे सहमति जुटाउन सभापति शेरबहादुर देउवाले बोलाएको बैठक कुनै निर्णयमा पुग्न सकेन । तर शीर्ष तहका भएको छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । त्यही कारण भोलि बुधबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक १६ गतेलाई सारिएको छ । फागुनमा भएको महासमिति बैठकमा पेश भएकाहरु प्रतिवेदनहरुलाई […]
लघुवित्तको कार्यालयमा आक्रमण र आगजनी, दुईजना पक्राउ
११ भदौ,विराटनगर । मोरङमा शाखा कार्यालय रहेका दुई वटा लघुवित्तको कार्यालयमा आक्रमण र आगजनी भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको कानेपोखरी गाउँपालिका– २ दलेली र नेशनल लघुबित वित्तीय संस्थाको बेलबारी – ६ बाहुनीको शाखा कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको हो । मोरङ प्रहरीका अनुसार मंगलबार दिउँसो साढे १२ बजे अभियान लघुवित्तको मोरङको कानेपोखरी […]
भारत पुर्याएर मिर्गौला तस्करी गरेको आरोपमा २ जना पक्राउ
११ भदौ, काठमाडौं। भारत पुर्याएर मृगौला तस्करी गरेको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का ४२ वर्षीय शान्तमिाया घलान छन् । खत्रीलाई ९ र घलानलाई ११ गते पक्राउ गरिएको हो। उनीहरुविरुद्ध मानव बेचबिखन तथा […]
भौतिक पूर्वाधारका ७० जना कर्मचारीको एकसाथ सरुवा (सूचीसहित)
२२ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक ६३ उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको छ । ७ जना अधिकृत पनि सुरु भएका छन् । यो निर्णयबाट सडकका विभिन्न योजना, आयोजना र कार्यालयहरु प्रमुखहरु फेरिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले एकैपटक ७० जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेका हुन् । […]
खेलकुदमन्त्रीसँग खेलाडीले खोजे १० औं खेलकुद समयमा हुने ग्यारेन्टी
११ भदौ, हेटौंडा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष दीपक श्रेष्ठसहितको टोलीले मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई भेटेर २ देखि ९ मंसिरसम्म कर्णालीमा हुने तय भएको राष्ट्रिय खेलकुद त्यही मितिमा हुनुपर्ने माग गरेका […]
एकीकृत समाजवादीको पदाधिकारीमा गुटगत चुनाव, माधव नेपाल पक्षले बाँड्यो चिट
११ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनमा गुटगत प्रतिस्पर्धा भएको छ । नयाँ बानेश्वरस्थित एक ब्याङ्क्वेटमा भइरहेको मतदानमा गुटगत प्रतिस्पर्धा देखिएको हो । अध्यक्ष माधवकुमार नेपाल पक्षले पदाधिकारीहरुमा जिताउनुपर्ने नेताहरुको नामावली (चिट) बाँडेको छ । सार्वजनिक भएको चिटमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीको नाम राखिएको छ । यो पदमा झाँक्री र जयन्ती राईको प्रतिस्पर्धा […]
१५ खर्ब राजस्व उठाउने योजना बनाउन प्रधानमन्त्रीको निर्देशन
११ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ खर्ब रुपैयाँसम्म राजस्व संकलन गर्ने गरी ठोस योजना बनाउन निर्देशन दिएका छन् । अहिले अर्थतन्त्रको क्षमता १५ खर्ब रुपैयाँ राजस्व दिनसक्ने भएकाले लक्ष्यअनुसार नै संकलन गर्न उनको निर्देशन छ । सिंहदरबारमा मंगलबार सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले राजस्व असुली बढाउनका लागि कडाइका साथ […]
अर्थतन्त्र लयमा फर्केको सन्देश दिने ‘अटो मेला’
यस वर्षको प्रदर्शनीमा चार पाङ्ग्रेका २४ ब्रान्ड, दुई पाङ्ग्रेका १९ ब्रान्ड र हलुका व्यावसायिक सवारीका १२ ब्रान्ड राखिएका छन् ।