एकीकृत पाठ्यक्रमको परिचय
एकीकृत पाठ्यक्रमको परिचय
नमस्कार ! आधारभूत तह कक्षा १–३ को एकीकृत पाठ्यक्रमको अवधारणा तथा परिचय सत्रमा स्वागत छ ।
आधारभूत तह कक्षा १–३ को एकीकृत पाठ्यक्रमको अवधारणासम्बन्धी यस सत्रमा यहाँहरूलाई एकीकृत पाठ्यक्रमको अर्थ, महत्त्व, विशेषतासहित एकीकृत पाठ्यक्रमका सैद्धान्तिक मान्यताहरू, एकीकृत पाठ्यक्रमका प्रकारहरू, एकीकृत पाठ्यक्रम र परम्परागत पाठ्यक्रमबीचको अन्तर तथा एकीकृत पाठ्यक्रम प्रयोग सम्बद्ध विषयवस्तुको जानकारी लिनेछौँ ।
यस सत्रमा मूलतः आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम, २०७६ लाई कक्षाकोठामा व्यवहारमा प्रयोगमा ल्याउन शिक्षकलाई आवश्यक पर्ने ज्ञान, सीप र क्षमता विकासमा जोड दिइनेछ । यस सत्रमा एकीकृत पाठ्यक्रमका विषयक्षेत्रका आधारमा एकीकृत पद्धतिमा शिक्षण गर्न सघाउने नमुना शिक्षण क्रियाकलाप प्रस्तुत गरिएको छ ।
एकीकृत पाठ्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्ने उद्देश्यबाट दुई वा दुईभन्दा बढी विशिष्टीकृत विषयक्षेत्रहरूलाई विद्यार्थीको पूर्वज्ञान तथा अनुभवसमेतसँग सहसम्बन्ध स्थापित गर्दै उनीहरूको सक्रियतालाई केन्द्रमा राखी सैद्धान्तिक ज्ञान तथा सीपलाई व्यावहारिक जीवनसँग आबद्ध गरी सिकाइने विषयमा जोड दिएको छ । दुई वा दुईभन्दा बढी अन्तरसम्बन्धित विषयक्षेत्रहरूबिच सहसम्बन्ध स्थापित गर्दै विद्यार्थीले हासिल गर्नुपर्ने सक्षमता तथा सिकाइ उपलब्धिलाई केन्द्रमा राखी पाठ्यक्रमको शिक्षण पद्धति निर्माण गरिएको छ ।
अनलाइन माध्यममा सहयोगी हुने बहुआयामिक र प्रयोगमुखी विभिन्न Text, Audio, Visual, Audio–Visual, Handsouts, reference link आदिका माध्यमबाट यस सत्रका विभिन्न क्रियाकलाप प्रस्तुत गरिएका छन् । यसले सहभागी शिक्षकहरूमा विषयवस्तुको गहिरो बुझाइसँगै प्रयोगात्मक क्षमता विकास हुने अपेक्षा गरिएको छ । यस्ता क्रियाकलाप सञ्चालन गर्दा लाग्ने अनुमानित समय पनि निर्धारण गरिएको छ ।
सत्रको समाप्तिमा cfTdd"Nofª\sg प्रश्नावलीका माध्यमबाट विषयवस्तुको बुझाइको स्वमूल्याङ्कन हुनेछ । यस सत्रको समापनसँगै तालिममा सहभागी शिक्षकहरूले विद्यार्थीहरूको सिकाइ सक्रियतालाई विशेष ध्यान दिँदै सैद्धान्तिक ज्ञान तथा सीपलाई व्यावहारिक जीवनसँग आबद्ध गरी एकीकृत शिक्षण पद्धतिको अवलम्बन गर्नेछन् भन्ने अपेक्षा गरिएको छ ।
यस सत्रको अन्त्यमा सहभागीले निम्नलिखित उद्देश्य हासिल गर्नेछन् :
– एकीकृत पाठ्यक्रमको अवधारणा र प्रकारका बारेमा परिचित हुन,
– वर्तमान एकीकृत पाठ्यक्रमको संरचना र विशेषताको बोध गर्न,
– दुई वा दुईभन्दा बढी विषयका पाठ्यवस्तु एकीकरण गरी एकीकृत पाठ्यसामग्रीहरूको व्यावहारिक प्रयोग गर्न,
– एकीकृत पाठ्यक्रमको मर्मअनुसार निरन्तर सिकाइको cfTdd"Nofª\sgको अवधारणाप्रति परिचित भई प्रयोग गर्न ।
सत्र संरचना (Session Breakdown)
सत्र संरचनालाई यसरी विभाजन गरिएको छ : (स्लाइड एनिमेसन)
विषयवस्तु |
विषयवस्तुको विस्तृतीकरण |
क्रियाकलाप प्रस्तुतीकरण मोड (Text, Audio, Visual, Audio-Visual, Handout) |
अनुमानित समय |
|
१.१ सत्र स्वागत र परिचय - (सत्र अवधि, सत्रका विधि, यस शीर्षकका उद्देश्य र सक्षमता) |
|
२ मिनेट |
|
|
१.२ एकीकृत पाठ्यक्रमको परिचय, महत्व, विशेषता |
|
३ मिनेट |
|
|
१.३ एकीकृत पाठ्यक्रमका सैद्धान्तिक मान्यताहरू १.४ एकीकृत पाठ्यक्रमका प्रकारहरू १.५ एकीकृत पाठ्यक्रम र परम्परागत पाठ्यक्रमबिचको अन्तर |
|
१.५ मिनेट १.५ मिनेट २ मिनेट |
|
|
१.६ नेपालको सन्दर्भमा एकीकृत पाठ्यक्रम प्रयोगका उदाहरणहरू |
|
३ मिनेट |
|
२. आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम परिचय |
२.१आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रमको परिचय र विशेषताहरू २.२ प्राथमिक तहको पाठ्यक्रम (२०६२) र कक्षा १–३ को एकीकृत पाठ्यक्रम २०७६ को पाठ्यक्रमबिचको तुलना |
|
२ मिनेट १ मिनेट |
|
२ मिनेट |
||
३. एकीकृत पाठ्यसामग्रीहरूको परिचय र प्रयोग |
३.१ सिकाइका लागि एकीकृत पाठ्यसामग्रीहरूको परिचय (उदाहरणका लागि कुनै थिममा आधारित) र ३.२ एकीकृत पाठ्यसामग्रीहरूको प्रयोगः पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र अन्य स्थानीय सन्दर्भ सामग्री वा परिवेश |
|
३ मिनेट २ मिनेट |
४. निरन्तर विद्यार्थी मूल्याङ्कन |
४.१एकीकृत पाठ्यक्रमको मर्मअनुसार निरन्तर सिकाइको मूल्याङ्कनको अवधारणा ४.२ एकीकृत पाठ्यक्रम निरन्तर सिकाइको मूल्याङ्कनको अभ्यास |
|
१ मिनेट |
५. सिकाइ मूल्याङ्कन |
४.१ यस सत्रको सिकाइको आत्ममूल्याङ्कन ४.२ नमुना बोध प्रश्नहरू |
|
१ मिनेट |
प्रस्तुत सत्र संरचना पूरा भएपछि आधारभूत तह कक्षा १–३ को एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाइसम्बन्धी कस्टमाइज्ड अनलाइन तालिम पूरा हुनेछ ।
धन्यवाद !