म र मेरो परिवार कक्षा २ को गणित विषयको पहिलो थिम हो । यो थिम नेपाली अङ्ग्रेजी गणित र मेरो सेरोफेरोको पनि साझा थिम हो । सबै विषयमा यस थिम अन्तर्गत रहेर सम्बन्धित विषयको प्रकृतिअनुसार विषयवस्तु निर्धारण गरिएको छ । गणित विषयमा क्षमता, हाम्रो सेरोफेरोमा मेरो परिवार छरछिमेक सहयोग र हेरचाह हाम्रो खानेकुरा हामी खेल्छौँ र हाम्रा उपकरण राखिएको छ । क्षमता पाठका लागि निम्नानुसार सिकाइ उपब्धी निर्धारण गरिएको छ ।

() समान प्रकृतिका भाँडाहरुको अवलोकन गरी क्षमता तुलना गर्न

() विभिन्न भाँडोहरुको क्षमताको अनुमान गर्न र अप्रमाणिक नापोद्वारा पुष्टि गर्न

यस थिममा रहेर गणित विषयसँग एकिकृत गर्न सकिने अन्य विषयका सिकाइ उपलब्धीः

हाम्रो सेरोफेरो

नेपाली

अङ्ग्रेजी

·     घरायसी दैनिक प्रयोगका सरसामनहरुको नाम बताउन र हिफाजतसाथ प्रयोग गर्न

·     साधारण उपकरणको अवलोकन गर्न आवश्यकताअनुसार मापनका लागि प्रयोग गर्न र तुलना गर्न

·     दैनिक जीवनमा प्रयोग हुने सरसमानको सामान्य रेखाङ्कन गर्न

·     लिङ्ग वचन पुरुष र आदर मिलाइ बोल्न र लेख्न

·     लेखाइः अनुच्छेदमा प्रयोग भएका शब्द तथा वाक्य गन्न र लेख्न

·     पठनबोधः अनुमान मिले नमिलेकामा छलफल प्रश्नोत्तर र मूल्याङ्कन गर्न

Taking about home and family.

·     comprehend words and simple expression

·     participate in short conversation

·     retrieve specific information

·     use correct spelling of words.