(क) ठोस, अर्धठोस र सङ्केत चरण
(क) ठोस, अर्धठोस र सङ्केत चरण
विद्यालय तहमा गणित विषयमा विद्यार्थीको सिकाइ उपलब्धीमा सिङ्गापुर विश्वमा अब्बल हुँदै आएको छ । यसको प्रमुख कारण उनीहरूले विद्यालय तहमा प्रयोग गर्ने गरेको Concrete, Pictorial and Abstract (CPA) मोडल मानिन्छ । यस मोडललाई जेरम ब्रुनरले १९६० मा प्रयोगमा ल्याएका थिए । शुरुमा गणितीय गणित सिकाइलाई अर्थपूर्ण र प्रभावकारी बनाउन ठोस अर्धठोस र सङ्केत चरणको उपयोग गर्नु प्रभावकारी हुन्छ ।
ठोस-चित्र-अमूर्त दृष्टिकोण एक शिक्षण रणनीति हो ।यसले विद्यार्थीहरूमा गणितीय अवधारणाहरूको गहिरो बुझाइ विकास गर्न व्यावहारिक अनुभवहरूबाट चित्रात्मक प्रतिनिधित्व र त्यसपछि अमूर्त प्रतीकहरूमा सर्न कुरामा जोड दिन्छ । यहाँ यसलाई यस प्रकार प्रस्तुत गरिएको छ ।
जस्तै सङ्ख्याको ज्ञान अन्तरगत गन्तिका सङ्ख्याको धारणा दिँदा
ठोस चरणः यस चरणमा बस्तु देखाउँदै सङ्ख्या भन्न लगाइन्छ ।
एउटा सिसाकलम १
एउटा गुच्चा १
एउटा किताब १ यसरी ठोस वस्तु देखाएर छुवाएर १ को धारणा दिइन्छ ।
अर्ध ठोस वा चित्रात्मक चरणः यस चरणमा ठोस वस्तुको सट्टा चित्रहरूको प्रयोग गरिन्छ । चित्रमा
एउटा सिसाकलम १
एउटा गुच्चा १
एउटा किताब १
अमूर्त वा सङ्केत चरणः यस चरणमा गणितीय धारणालाई सङ्केतमा लेखिन्छ । यहा १ वा एक सङ्केत चरण हो । तर हाम्रा धेरै कक्षाकोठामा १ देखि २० सम्मका सङ्ख्या लेखेर शिक्षकले भन्ने विद्यार्थीले अनुसरण गर्ने गरेको पाइन्छ । जब विद्यार्थीले ४ मा ५ जोड्नु पर्यो भने शिक्षकले ४ भनेको चारओटा धर्का र ५ भनेको पाँचओटा धर्का भने पश्चात मात्र ४ र ५ को मुल्य थाहा पाउँछ । यस्तो भन्नुको अर्थ हामी कहाँ सङ्ख्याको धारणाको सिकाइ अमूर्त वा सङ्केतबाट शुरू भएको छ । जोड सिकाउँदा हामीले माथि नै भनिसक्यौँ धर्का तानेर गर्छौँ । धर्का तानेर जोड गर्नु भनेको जोड सिकाइ चित्रात्मक चरणबाट शुरू हुनु हो ।