यी विषयक्षेत्रअन्तर्गतका विषयवस्तुलाई विभिन्न बहुविषयक र विषयक थिममा सङ्गठित गरी एकीकृत गरिएको छ ।

कक्षा १-३ को गणित विषयका बहुबिषयगत र बिषयगत थिम निम्नानुसार रहेका छन् ।

 

थिमहरू

कक्षा १

कक्षा २

कक्षा ३

बहुबिषयगत थिम

म र मेरो परिवार

 

नेपाली, अङ्ग्रेजी, हाम्रो सेरोफेरो

मेरो दैनिक जीवन

नेपाली, अङ्ग्रेजी, हाम्रो सेरोफेरो

हाम्रो समुदाय

नेपाली, हाम्रो सेरोफेरो

मेरो विद्यालय

 

नेपाली, अङ्ग्रेजी, हाम्रो सेरोफेरो

मेरो सिर्जना

नेपाली, हाम्रो सेरोफेरो

सञ्चार प्रविधि र बजार

नेपाली, अङ्ग्रेजी, हाम्रो सेरोफेरो

गणितका आधारभूत क्रियाहरू

 

सङ्ख्याको ज्ञान

 

नाप

 

 

 

बहुविषयगत ढाँचा/थिमः कुनै थिम एक भन्दा बढि बिषयमा राखी त्यस अन्तरगत सम्बन्धित विषयको विषयवस्तुको प्रस्तुतीकरण हुन्छ । जस्तै कक्षा २ मा म र मेरो परिवार सबै विषयको साझा थिम हो । यस थिम अन्तरगत गणित विषयमा क्षमता पाठ छ ।हाम्रो सेरोफेरोमा मेरो परिवार छरछिमेक सहयोग र हेरचाह हाम्रो खानेकुरा हामी खेल्छौँ जस्ता विषयवस्तु राखिएको छ ।

बिषयगत ढाँचा/थिमः बिषयको प्रकृतिअनुसार कुनै थिमलाई एउटा विषयमामात्र राखिएको हुन्छ । गणित विषयमामात्र भएका थिमहरू जस्तै गणितका आधारभूत क्रियाहरू सङ्ख्याको ज्ञान र नाप थिम अन्य विषयमा छैनन् ।

 

प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ र आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ मा गणित पाठ्यक्रमको तुलना

प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ अनुसार गणितका विषय क्षेत्र

आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम अनुसार गणितका विषय क्षेत्र

नौओटा क्षेत्र

·         ज्यामिति

·         सङ्ख्याको ज्ञान

·         गणितका आधारभूत क्रियाहरू

·         समय, मुद्रा र नापतौल

·         भिन्न, दशमलव, प्रतिशत, ऐकिक नियम र व्याज

·         बिल र बजेट नै

·         तथ्याङ्क

·         समूह

·         बीजगणित

पाँचओटा क्षेत्र

·         ज्यामिति,

·         सङ्ख्याको ज्ञान,

·         गणितका आधारभूत क्रियाहरू,

·         नाप र

·         साधारण ग्राफ

गुणन र भाग क्रिया,  तौल, भिन्न र क्षमता कक्षा १ बाट नै शुरू थियो ।

गुणन र भाग क्रियातौल, भिन्न र क्षमता कक्षा २ बाट शुरू भएको छ ।

आयतन, दशमलब, ऐकिक नियम र बिल र बजेट कक्षा ३ मा थियो । 

आयतन, दशमलब, ऐकिक नियम र बिल र बजेट यस पाठ्यक्रममा समेटिएको छैन । 

समुह पाठ कक्षा १ देखि नै शुरू थियो भने विजगणित कक्षा २ बाट शुरू भएको थियो ।

यी दुवै विषयवस्तु अहिलेको पाठ्यक्रमले समेटेको छैन ।