(ख) सक्षमता र सिकाइ उपलब्धीको सम्बन्ध
(ख) सक्षमता र सिकाइ उपलब्धीको सम्बन्ध
कक्षा १–३ को गणित विषय अध्ययनपश्चात विद्यार्थीहरूमा निम्नलिखित सक्षमताहरू विकास हुने वर्तमान पाठ्यक्रमले अपेक्षा राखेको छ ।
(क) दुई आयामिक ज्यामितीय आकृतिहरूको पहिचान, मापन र रचना
(ख) पाँच अङ्कसम्मका सङ्ख्यालाई देवनागरी र हिन्दु अरेबिक सङ्ख्याङ्क प्रयोग गरी दैनिक जीवनमा प्रयोग
(ग) स्थानीय सङ्ख्याङ्कन पद्धतिको प्रयोग
(घ) भिन्नको अवधारणा बोध र तुलना गर्ने क्षमता विकास
(ङ) गणितीय आधारभूत क्रियाहरूको प्रयोग गरी दैनिक जीवनका समस्या समाधान
(च) उपयुक्त सामग्री तथा एकाइ प्रयोग गरी वस्तुहरू तथा समयको व्याख्या तथा दैनिक जीवनका समस्या समाधानमा प्रयोग
(छ) नेपाली मुद्रा चिनेर दैनिक हिसाब गर्न सक्ने क्षमता विकास
(ज) साधारण ग्राफ र तालिकाबाट जानकारी हासिल
(झ) गणितीय ज्ञान, सिप, सोच र अभिवृत्तिको विकास तथा दैनिक जीवनमा प्रयोग
सक्षमता र सिकाइ उपलब्धीको सम्बन्धलाई निम्नानुसारको उदाहरण द्वारा स्पष्ट पार्न सकिन्छ ।
दुई आयामिक ज्यामितीय आकृतिहरूको पहिचान, मापन र रचना सक्षमताको विकास गर्न पाठ्यक्रमले कक्षा १, २ र ३ मा अलग अलग सिकाइ उपलब्धी निर्धारण गरेको छ ।
{%:कक्षा १}
(क) सिधा रेखा र वक्र रेखा पहिचान गर्न, ट्रेस गर्न र चित्र कोर्न
(ख) आफ्नो वरपर पाइने ज्यामितीय आकारहरू (त्रिभुज, चतुर्भुज र वृत्त) चिन्न
{%}
{%:कक्षा २}
(क) ठोस वस्तुहरू (जस्तैः सिन्का, तार, बाँस, किला, बाँसका चोया, डोरी, आदि) को प्रयोग गरी त्रिभुज र चतुर्भुजका आकारहरू बनाउन
(ख) त्रिभुज, चतुर्भुज र वृत्तका आकारहरू ट्रेस गर्न
(ग) भुजा र कुनाका आधारमा त्रिभुज र चतुर्भुजको अवधारणा विकास गर्न
{%}
{%:कक्षा ३}
(क) दिइएको वस्तुको किनारा वा रेखाखण्डको नाप लिन र दिइएको नापको रेखाखण्ड खिच्न
(ख) वरपर पाइने ठोस वस्तुमा बनेका कोणहरू देखाउन
(ग) रुलरको प्रयोग गरी कोणहरू खिच्न, नाम लेख्न र तुलना गर्न
(घ) समकोण पहिचान गर्न
(ङ) सिधा किनारा (Straight edge) भएको वस्तु र सिसाकलम प्रयोग गरी त्रिभुज र चतुर्भुज खिच्न र नाम लेख्न
(च) आयताकार र वर्गाकार सतह पहिचान गर्न विषयक्षेत्र, पाठ्य तथा कार्यपुस्तकमा विषयवस्तु प्रस्तुति
{%}