निरन्तर सिकाइ मूल्याङ्कन पद्धति (Continuous Assessment System) को परिचय
निरन्तर सिकाइ मूल्याङ्कन पद्धति (Continuous Assessment System) को परिचय
Completion requirements
View
- निरन्तर सिकाइको मूल्याङ्कन (Continuous Assessment) भनेको सिकाइ प्रक्रियाभरि नियमित रूपमा विद्यार्थीको प्रगति मूल्याङ्कन गर्ने विधि हो, जसमा दैनिक सिकाइ गतिविधि, सहभागिता, सीप, व्यवहार र सिर्जनात्मकतालाई पनि महत्त्व दिइन्छ।
- निरन्तर मूल्याङ्कन शिक्षण र मूल्याङ्कनलाई अलग-अलग नभई एउटै प्रक्रियाको हिस्सा मानिन्छ। यसले विद्यार्थीको सिकाइ उपलब्धि मात्र होइन, सिकाइको गति, शैली र सुधारका आवश्यकता पनि देखाउँछ।
- यो नियमित प्रक्रिया हो, जुन हरेक पिरियड र दिनका साथै पाठगत, विषयक्षेत्रगत, एकाइगत, साप्ताहिक, मासिक, त्रैमासिक र वार्षिक रूपमा सञ्चालन हुन्छ।
- यो बहुआयामिक हुन्छ। यसमा संज्ञानात्मक (ज्ञान), मनो-गतिशील (सीप), र भावनात्मक (मूल्य) जस्ता पक्षको मूल्याङ्कन गरिन्छ।
- यसमा विविध विधि र प्रक्रियाको प्रयोग गरिन्छ, जसमा परीक्षा मात्र नभई परियोजना कार्य, प्रस्तुति, व्यवहार अवलोकन, पोर्टफोलियो आदिको नियमित प्रयोग हुन्छ।
- यो सुधारमुखी दृष्टिकोण हो, जसमा नतिजा मात्र होइन, प्रक्रियामा ध्यान दिइन्छ।
- यो विद्यार्थी-केन्द्रित हुने भएकाले विद्यार्थीको गति र शैलीअनुसार मूल्याङ्कन गरिन्छ।