मूल्याङ्कनका साधनहरूको प्रयोग
मूल्याङ्कनका साधनहरूको प्रयोग
शिक्षण सिकाइ क्रियाकलाप चलिरहँदा र कक्षाको अन्त्यमा पाठ्यक्रम तथा शिक्षण योजनाले अपेक्षा गरेका सिकाइ उपलब्धि पूरा भए नभएको पत्ता लगाई सिकाइका लागि मूल्याङ्कन गर्न जरुरी हुन्छ। यसो गर्दा मूलतः पाठ्यक्रमले निर्दिष्ट गरेका मूल्याङ्कनका साधनहरूमध्ये विषय वा थिमको प्रकृति र स्वरूपअनुसार उपयुक्त साधन पहिचान गरेपछि त्यसको प्रयोग गर्नुपर्छ। विद्यार्थी मूल्याङ्कन गर्दा निम्नलिखित पक्षहरूमा विचार गर्नुपर्छ:
-
प्रत्येक बालबालिकालाई नियमित रूपमा परीक्षण तथा मूल्याङ्कन गरिनुपर्छ।
-
विद्यार्थीको सिकाइका सबै सूचना सङ्कलन गरिनुपर्छ।
-
सूचनाहरू अभिलेख तयार पारी भण्डारण गरिनुपर्छ।
-
सूचना सङ्कलन गर्दा विद्यार्थीलाई समेत सहभागी गराउनुपर्छ।
-
सिकाइको सूचना सम्बन्धित सबै सरोकारवालाहरूसँग नियमित रूपमा आदानप्रदान गरिनुपर्छ।
-
विद्यार्थीको उपलब्धि वा सिकाइ सम्बन्धी सूचनालाई अपेक्षित उपलब्धिसँग तुलना गरी उनीहरूका सिकाइ कमजोरी पत्ता लगाएर सुधारका उपाय प्रयोग गरी न्यूनतम सिकाइ क्षमता प्रदर्शन गर्न सक्ने बनाउने र थप सिकाइलाई प्रोत्साहन गर्नुपर्छ।
-
विद्यार्थीको परीक्षणलाई शिक्षण सिकाइ क्रियाकलापकै अभिन्न अङ्गका रूपमा लिई विद्यार्थीको सिकाइकै रूपमा र सिकाइका लागि प्रयोग गर्नुपर्दछ।