एकिकृत पाठ्यक्रमको अर्को सुन्दर पक्ष भनेको व्यवहारकुशल सिपको एकिकरण पनि हो । बुबाले कुशलको जन्मदिनमा २ ओटा चकलेट दिनु भयो । आमाले ३ ओटा चकलेट दिनु भयो । अब कुशलसँग कतिओटा चकलेट भयो ? भनी  प्रश्न गर्दा विद्यार्थीहरुले कुशलसँग ५ ओटा चकलेट भए भन्दा विद्यार्थीहरूमा जोड सिप भए नभएको मूल्याङ्कन गर्न सकिन्छ । तर व्यवहार कुशल सिप प्राप्त गराउन शिक्षकले नै उपयोगी क्रियाकलापको निर्माण गर्नु पर्छ । जस्तै कक्षा २ को क्षमता पाठमा समालोचनात्मक सोचाइ सिप र निर्णय तथा समस्या समाधान सिप विद्यार्थीहरूमा विकास हुने अपेक्षा राखिएको छ । यसका लागि शिक्षक निर्देशिकामा सम्भावित क्रियाकलापहरूको सुची राखिएको छ ।

थिम

व्यवहारकुशल सिप

सिकाइ उपलब्घि

सम्भावित क्रियाकलाप

मेरो

परिवार

 

समालोचनात्मक सोचाइ सिप

निर्णय तथा समस्या समाधान सिप

 

  • समान प्रकृतिका भाडाहरूको अवलोकन गरी क्षमता तुलना गर्न
  • विभिन्न भाँडोहरूको क्षमताको अनुमान गर्न अप्रामाणिक नापोद्वारा पुष्टि गर्न
  • अवलोकन अनुमान तथा प्रयोग
  • समूहमा छलफल
  • प्रयोगात्मक कार्य,
  • प्रदर्शन
  • ठोस वस्तुहरू अप्रामाणिक नापोद्वारा नाप्ने
  • प्रयोगात्मक पुष्टि

अब माथि उल्लेखित व्यवहारकुशल सिपको विकास हुनका लागि क्षमता पाठमा निम्नानुसार क्रियाकलाप गर्नु पर्छ ।

Please click the Activity button.

{%:क्रियाकलाप १ धेरै र थोरै छुट्याउने (अवलोकन विधि)}

(क) विद्यार्थीलाई पाठ्यपुस्तकको पेज न १ को दोस्रो क्रियाकलाप गराउनुहोस् । वा एउटै र उस्तै प्रकारको पिध भएको दुईओटा गिलासमा भरी जुस राख्नुहोस् ।

 

 

(ख) उक्त दुई गिलासमध्ये कुन गिलासमा बढी र कुन गिलासमा कम जुस छ भनि प्रश्न सोध्नुहोस् ।

(ग) विद्यार्थीको जवाफ सुने पछि किन तपाईलाई त्यस्तो लाग्यो भनी प्रश्न गर्दै उत्तर दिनुको कारण सोध्नुहोस् ।

 (गिलासको पिधको साइज बराबर भएको अवस्थामा जुन गिलासमा जुसको उचाइ बढी छ त्यही गिलासमा धेरै हुन्छ ।) 

{%}

{%:क्रियाकलाप २ बढी क्षमता र कम क्षमता छुट्याउने (प्रत्यक्ष तुलना विधि)}

(क) विद्यार्थीलाई पाठ्यपुस्तकको पेज न २ को  क्रियाकलाप गराउनुहोस् । यसका लागी दुईओटा फरक देखिने गिलास देखाइ कुन गिलासमा बढी पानी अट्छ भनि विद्यार्थीलाई गिलासको क्षमता अनुमान गर्न लगाउनुहोस् ।

(ख) विद्यार्थीलाई उनीहरुले गरेको अनुमान कापीमा टिपोट गर्न लगाउनुहोस् ।

(ग) अब विद्यार्थीलाई एउटा गिलासमा पानी भरी नपोखिने गरी अर्को गिलासमा खन्याउन लगाउनुहोस् । यस कार्यमा शिक्षकले आवश्यकताका आधारमा थप सहायता गर्नुहोस् ।

(घ) एउटा गिलास भरेर उक्त पानी अर्को गिलासमा खन्याउँदा हुन सक्ने सम्भाव्य नतिजा र निष्कर्ष के के हुन सक्छ भनी प्रश्न गर्नुहोस् । विद्यार्थीले भन्न नसकेमा सहजीकरणा गरिदिनुहोस् ।  तिन अवस्थामध्ये कुनै एक हुन्छ ।

अवस्था

सम्भाव्य नतिजा

निष्कर्ष

पहिलो

पहिलो गिलासको पानीले दोस्रो गिलास ठिक्क भरिन्छ ।

दुवैको क्षमता बराबर

दोस्रो

पहिलो गिलासको पानीले दोस्रो गिलास भरिएर पहिलो गिलासमा पानी रहन्छ ।

पहिलो गिलासको क्षमता दोस्रो गिलासको क्षमता भन्दा बढी छ ।

दोस्रो गिलासको क्षमता पहिलो गिलासको क्षमता भन्दा कम छ ।

तेस्रो

पहिलो गिलासको पानीले दोस्रो गिलास भरिदैन ।

पहिलो गिलासको क्षमता दोस्रो गिलासको क्षमता भन्दा कम छ ।

दोस्रो गिलासको क्षमता पहिलो गिलासको क्षमता भन्दा बढी छ ।

{%}

 {%:क्रियाकलाप ३ बढी क्षमता र कम क्षमता छुट्याउने (अप्रत्यक्ष तुलना विधि १)}

(क) विद्यार्थीलाई पाठ्यपुस्तकको पेज न ३ को क्रियाकलाप गराउनुहोस् । वा दुई भाँडामा भरी जुस राखेर कुनमा बढी र कुनमा कम जुस छ भनी अनुमान गर्न लगाउनुहोस् ।

 

 

(ख) विद्यार्थीको जवाफ सुने पछि किन तपाईलाई त्यस्तो लाग्यो भनी प्रश्न गर्दै उत्तर दिनुको कारण सोध्नुहोस् ।

(ग) पाठ्यपुस्तकको पेज न ३ को जस्तै एउटै साइजका दुईओटा भाँडो प्रयोग गरेर परीक्षण गरी देखाइदिनुहोस् ।

यदि एउटै साइजको दुई भाँडो नभएमा वा नपाएमा एउटै पारदर्शि भाडोमा खन्याएर साइनपेनले कति सम्म पुग्यो चिह्न  लगाएर पनि गर्न सकिन्छ ।

( दुई भाँडाहरुको क्षमता तुलना गर्न एउटै साइजको दुईओटा भाँडाहरुलाई सँगै राखेर उक्त भाँडोहरुमा जुस खन्याएर पनि तुलना गर्न सक्ने रहेछौँ । )

 

{%}

{%:क्रियाकलाप ४ बढी क्षमता र कम क्षमता छुट्याउने (अप्रत्यक्ष तुलना विधि २)}

(क) विद्यार्थीलाई दुईओटा भाँडाहरु (किट्ली र थर्मस) र एउटा गिलासलाई देखाउदै कुन भाँडोमा बढी पानी अट्छ भनी समुहमा छलफल गराउनुहोस् । 

(ख) यस भन्दा अगाडी गरेका प्रत्यक्ष तुलना विधि र अप्रत्यक्ष तुलना विधिको पुनरवलोकन गर्दै त्यस बाहेक अरु तरिका भए नभएकोमा छलफल गराउनुहोस् ।

(ग) विद्यार्थीले गिलासको सहयोगमा तुलना गर्न सक्ने जवाफ दिएमा धन्यवाद दिनुहोस् ।

(घ) यदि सही जवाफ दिन नसकेमा गिलासको प्रयोगले दुई भाँडाहरुको क्षमता तुलना गरी देखाइदिनुहोस् ।


(दुई भाँडोहरुको क्षमता तुलना गर्दा दुवै भाँडोको पानी एउटै गिलासमा खन्याएर उक्त भाँडाहरुमाकति गिलास पानी अट्याउछ त्यसका आधारमा बढी क्षमता र कम क्षमताको भाँडो छुट्याउन सकिन्छ ।)

(ङ) यसै गरी बाल्टी र गाग्रीलाई ल्याएर, बाल्टी र गाग्रीमा कुनको क्षमता बढी र कुनको क्षमता कम छ ? भनी अनुमान गर्न लगाउनुहोस् । कुन भाँडोमा कति गिलास पानी अट्छ ? अनुमान गर्न लगाउनुहोस् ।

{%}

 माथिका क्रियाकलाप गराई सकेपश्चात विद्यार्थीहरूले गाग्री र बाल्टी देखाएर कुनमा धेरै जान्छ भन्दा तर्क सहित सही उत्तर दिन सके भने उनीहरूमा समालोचनात्मक र निर्णय क्षमता सिपको विकास भयो भन्न सकिन्छ । बाल्टी र जग देखाएर जगले कति पटक पानी भरेर बाल्टिमा खन्यायो भने बाल्टी भरिन्छ भनि सही जवाफ दिन सकेमा पनि समालोचनात्मक र निर्णय क्षमता सिपको विकास भएको मान्न सकिन्छ ।