सबै बिषयको साझा थिमको सहजिकरण क्रियाकलापमा छलफल पश्चात कुनै दुई वा तिन विषयका साझा थिमका विषयवस्तुलाई कसरी शिक्षण गर्ने होला भन्ने जिज्ञासा शिक्षक साथीहरूमा आएकै होला । शिक्षक साथीहरू पाठ्यक्रमले किटान गरेका थिमहरूमा एकिकृत भएका विषयका विषयवस्तुहरूमा पनि एकिकृत गर्न सकिने सिकाइ उपलब्धीलाई मात्र जोडेर शिक्षण गर्ने कुरामा जोड दिनु पर्छ । जस्तै कक्षा २ मा हाम्रो समुदाय थिम गणित, नेपाली र हाम्रो सेरोफेरोको मात्र साझा थिम हो । यो थिम अन्तरगत गणितमा सङ्ख्याहरूको तुलना जोर र बिजोर सङ्ख्याहरू र तौलका विषयवस्तु राखिएको छ ।यी पाठहरू शिक्षण गर्दा नेपाली र हाम्रो सेरोफेरोका कुन कुन सिकाइ उपलब्धी पुरा गर्न सकिन्छ तत् तत् सिकाइ उपलब्धी पुरा हुने गरी मात्र सहजिकरणमा जोड दिनु पर्छ । सबै सिकाइ उपलब्धी पुरा गर्छु भनि जबरजस्ती गर्नु हुँदैन ।