(ख) सबै विषयका साझा थिमका विषयवस्तुको शिक्षणको पाठ योजना निर्माण र प्रस्तुतीकरण
(ख) सबै विषयका साझा थिमका विषयवस्तुको शिक्षणको पाठ योजना निर्माण र प्रस्तुतीकरण
म र मेरो परिवार थिम अन्तरगत कक्षा २ को गणित विषयमा क्षमता पाठ राखिएको छ । यो पाठ शिक्षण गर्दा अरू विषयका कुन कुन सिकाइ उपलब्धी पुरा गर्न सकिन्छ भनि माथि तालिकामा उल्लेख गरि सकिएको छ । यहाँ केही नमुनाहरू प्रस्तुत गरिन्छ ।
· घरायसी दैनिक प्रयोगका सरसामनहरुको नाम बताउन र हिफाजतसाथ प्रयोग गर्न (हाम्रो सेरोफेरो)
· लिङ्ग वचन पुरुष र आदर मिलाइ बोल्न र लेख्न (नेपाली)
· comprehend words and simple expression (English)
{%:क्रियाकलाप १: कथा सुन्ने र पढ्ने}
(क) पाठ्यपुस्तक तथा कार्यपुस्तकको पेज न १ मा दिइएको कथा आफुले पढ्नुहोस् । विद्यार्थीलाई पनि सँग सँगै पढ्न लगाउनुहोस् ।
(ख) कथा पढ्दा कथामा पानी भर्न प्रयोग भएका समान प्रकृतिका भाँडाको पहिचानमा जोड दिनुहोस् ।
(ग) आ आफ्नो घरमा पानी भर्न प्रयोग भएका भाँडाहरुको नाम भन्न र सुची निर्माण गर्न लगाउनुहोस् ।
{%}
{%:क्रियाकलाप २ कथा भन्ने}
(क) पाठ्यपुस्तकमा भए जस्तै कथा सबै विद्यार्थीलाई नेपाली भाषामा भन्न लगाउनुहोस् ।
(ख) कथामा क्रियाकलाप १(ग) मा सुचीकृत गरिएका सके सम्म धेरै भाँडाहरुको नाम प्रयोग गर्न प्रोत्साहित गर्नुहोस् ।
(ग) साथीको कथा सुन्दै गर्दा आफ्नो घरमा भएको तर साथीको घरमा नभएका तथा साथीको घरमा भएको आफ्नो घरमा नभएका भाँडाहरुको सुची बनाउन लगाउनुहोस् ।
{%}
{%:क्रियाकलाप ३ भाँडाको ब्याख्या गर्ने}
(क) विद्यार्थीलाई तीन जनाको दरले समुहमा विभाजन गराउनुहोस् ।
(ख) समुहका प्रत्येक सदस्यको कार्यविभाजन गराइदिनुहोस् । जस्तै पहिलोः नेपाली भाषामा पानी राख्न प्रयोग हुने भाँडाको नाम भन्ने । दोस्रोः उक्त नामलाई अङ्ग्रेजीमा भन्ने र तेस्रोः उक्त भाँडाको बारेमा बर्णन गर्ने ।
नेपालीमा भाँडाको नाम |
अङ्ग्रेजीमा भाँडाको नाम |
बर्णन नेपाली वा अङ्ग्रेजी वा दुवै भाषामा गर्न सकिन्छ । |
|
गिलास |
Glass |
गिलास पानी पिउन तथा चिया पिउन प्रयोग गरिन्छ । यो सानो देखी ठूलो सम्म हुन्छ । यो सबैको घरमा पाइन्छ । यो स्टिलले बनेको हुन्छ । सिसाले बनेको गिलास पनि पाइन्छ । आजकल त कागज र प्लाष्टिकको गिलास पनि पाइन्छ । |
|
बाल्टी |
|
|
|
गाग्री |
|
|
{%}