आधारभूत तह (कक्षा १-) को पाठ्यक्रम २०७६ ले सङ्ख्याको ज्ञान र आधारभूत क्रियालाई गणित विषयको एकल थिमको रूपमा राखेको छ । यी विषयवस्तु शिक्षण गर्दा माथि उल्लेख गरिएका ठोस चित्रात्मक र सङ्केत चरणको उपयोग गर्नु राम्रो हुन्छ । एकल थिमका विषयवस्तु शिक्षण गर्दा अरू विषयसँग एकिकृत गर्न सकिने क्षेत्र खोजिरहनु पर्दैन तर विषयवस्तुको प्रस्तुतीमा विद्यार्थीको दैनिक जीवनसँग जोडेर व्यवहारिक समस्याको रूपमा प्रस्तुतीकरण गर्नु पर्छ । कक्षा १ मा जोड शिक्षणको एउटा सिकाइ उपलब्धीमा हात लागी नआउने र योगफल १०० सम्म आउने जोड गर्न सक्ने राखिएको छ । यसका लागि शिक्षकले कथा समस्या प्रस्तुती गर्नु पर्छ । जस्तै गोमासँग ८ ओटा केरा छन् । सन्तोषसँग ५ ओटा केरा छन् । उनीहरूसँग जम्मा कतिओटा केरा भए ?

यहाँ गणित सिकाइका तिन ओटै चरण पुरा गरिएको छ । ठोस चरणः केराहरू नै ल्याइएको छ ।

चित्रात्मक चरणः चित्र (कोठा) को प्रयोग गरिएको छ ।

सङ्केत चरणः गणितीय वाक्यमा लेखेर ८ += १३ गरिएको छ । यसको अलावा यहाँ १० बनाएर जोड्ने कुरालाई जोड दिइएको छ । जसले विद्यार्थीको Metal Calculation मा विकास हुन्छ भन्ने विश्वास राखिएको छ ।